१२ चैत्र २०८२, बिहिबार

महात्मा गान्धीका यौनलीला : सत्यताको अर्को पाटो


अ+
अ-

महात्मा गान्धी एउटा सादगीपूर्ण जीवनको विम्वका रुपमा स्थापित तर वास्तवमा विम्वअनुसार उनको जीवन त्यति सादगीपूर्ण नभएको अर्को पाटो हो भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य यौनजीवनका लागि बदनाम छन् तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको प्रमाणहरू दबाइएको

उनका सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ महात्मा गान्धीको विकृत यौनजीवनबारे प्रख्यात ब्रिटिस लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही समयअघि थुप्रै खुलासा गरेका थिए यदि यी कुरा सही हुन् भने गान्धीलाई महात्मा भनेर पूजा गर्नु सादगीपूर्ण जीवनको विम्बको रुपमा उभ्याउनु हास्यास्पद विडम्बना हुन्छ एडम्सले आफ्नो पुस्तक ‘‘गान्धी नेकेड एम्बिसन’’मा खुलासा गरेका तथ्यहरूले वास्तविकता भिन्न रुपमा प्रस्तुत गर्दछ

गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी किशोरीसित भएको थियो कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो

सुरुमा उनीहरू केटाकेटी भएकाले एकअर्कासित नजिकन पनि धकाउथे सुहागरातका दिन कस्तुरबासित हेराहेरसमेत हुन नसकेको गान्धीले बताएका छन् तर, केही समयपछि उनीहरूको वैवाहिक जीवन सामान्य बन्दै गयो बिहेको केही वर्षपछि कस्तुरबा गर्भवती भइन् सन् १९०० मा गान्धीको कान्छो सन्तान जन्मेको थियो

यसबीचमा सबैभन्दा अनौठो प्रसंग के भने आफ्ना पिता मृत्युशय्यामा छट्पटाइरहेका वेला गान्धी कस्तुरबासित यौनक्रीडा गरिरहेका थिए गान्धीले कस्तुरबासित सेक्स गर्दैगर्दा उनका पिताले अन्तिम श्वास लिएको बताइन्छ अझ खराब कुरा, त्यतिवेला १७ वर्षकी कस्तुरबा गर्भवती थिइन् उनको सो बच्चा खेर गएपछि गान्धी आत्मग्लानिमा परेका थिए

गान्धी सन् १८८८ मा लन्डन वकालत पढ्न गए त्यतिवेला उनले रक्सी, मासु महिला तीनै चिजलाई नछुने शपथ खाएका थिए तर, सन् १८९१ मा लन्डनबाट फर्केलगत्तै उनले आफ्नो शपथ तोडेर कस्तुरबासित समागम गरे एक वर्षभित्रै दोस्रो बच्चा जन्माए त्यसपछि सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए, ब्रिटिस साम्राज्यका एक कार्यकर्ताका रूपमा

गान्धी आफ्नी श्रीमती कस्तुरबा तीन बच्चाकी आमा भएपछि उनलाई मन पराउन छाडेका थिए दक्षिण अफ्रिकामा कैयौँ शिक्षित एवं आधुनिक महिलासित उनको चिनजान भयो ती महिला उनलाई राम्रा लाग्न थाले थुप्रै महिलासित उनी नजिकिए उनीहरूबाट मिल्ने सन्तुष्टि गान्धीले कस्तुरबाबाट पाउन सक्दैनथे यसै दौरान आधा दर्जन महिलासित गान्धीको निकट सम्बन्ध कायम भयो उनीहरू थिएग्राह्म पोलक, नल्ली क्रैम कुक, म्याडलिन स्लेड ९जो मिराबेनको नामले चिनिन्थिन्०, मार्गारेट स्पिगल, सोजा स्केलेसिन इस्टर फियरिंङ

सन् १९१५ मा दक्षिण अफ्रिकाबाट फर्केपछि गान्धीले सावरमती आश्रम खोलेर आफ्नो यौनप्यास मेटाउने नाजायज अभ्यास सुरु गरे आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्ठा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने

सधैँ फलफूल बदाम मात्र खाए पनि गान्धीलाई कब्जियतको समस्या हुन्थ्यो उनी घन्टौँ ट्वाइलेटमा बिताउँथे ट्वाइलेट बस्दा पनि उनी आश्रमका महिलाहरूलाई बोलाउँथे शौच गरिसकेपछि उनलाई ती महिलाहरूले नांगै सुताएर तेल घसिदिनुपर्दथ्यो प्रत्येक बिहान उठेपछि उनले महिलाहरूलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘बहिनी आज तिम्रो दिसापिसाब कस्तो भयो ?’

आश्रममा चरम असन्तुष्टि बढेपछि गान्धीले केही समय सेक्सी क्रियाकलाप बन्द गर्न बाध्य हुनुपरेको थियो तर, त्यो बन्देज धेरै समय रहेन उनले ब्रह्मचर्य नामको ढोंगी सिद्धान्त जन्माएर एकैसाथ धेरै नांगा महिलासित सुत्न थाले सुरुसुरुमा एउटै कोठामा भए पनि अलगअलग ओछ्यानमा सुत्थे तर, पछि धेरै महिलासित एउटै ओछ्यानमा सुत्न थाले परिस्थितिलाई अझ बढी चुनौतीपूर्ण बनाउने भन्दै कम उमेरका केटी साथीका श्रीमतीहरूसित पनि सुते

३८ वर्षको हुँदा गान्धीले गरिबी पवित्रतालाई अपनाउने भन्दै ब्रह्मचर्यको शपथ लिएका थिए ९ब्रह्मचर्यसम्बन्धी गान्धीको यस्तो परिभाषा थियो स् जहाँ कहिल्यै कुनै वासनात्मक भावना हुँदैन सधैँ ईश्वर भक्तिमा मन तल्लीन हुन्छ, कुनै प्रकारको चेतना वा अचेतनाको अवस्थामा स्खलित हुन सक्दैन नांगा केटीहरूसित सुत्न सक्छ, ती केटी चाहे जति सुन्दर भए पनि सम्भोगका लागि उत्तेजित हुँदैन गरिबी अँगाल्न गान्धीलाई सजिलो थियो, तर पवित्रता उनको वशको कुरा थिएन

महिलाहरूसित नांगै सुतेकोमा आलोचना हुँदा गान्धी आफू अर्धनारीश्वर  ९भगवान् शिवजस्तो० भएको दाबी गर्थे उनको भनाइ थियो, ‘नारी पुरुष दुवै स्वरूप भएकाले मलाई कुनै शारीरिक प्यास छैन

आश्रमका प्रत्येक महिलालाई उनी आमा वा बहिनी भनेर अरूको आँखामा छारो हाल्ने प्रयास गर्थे उनी भन्थे, ‘ जे गर्छु, अन्तरात्माको आदेशअनुसार गर्छु त्यसैले मेरा सबै कर्म पवित्र छन्

गान्धी यो पनि भन्थे, ‘धेरै नांगा स्त्रीहरूसित सुत्दा मभित्र गर्मी पैदा हुन्छ यस्तो क्रियालेनेचुरोप्याथीको काम गर्छ साथै यसबाट मेरो ब्रह्मचर्य परीक्षण गर्न पनि सजिलो हुन्छ गान्धीले नांगा स्त्रीहरूसित सुत्दा पनि आफ्नो यौनांगमा कडापन नआएको भन्दै प्रयोग सफल भएको जिकिर गरेका छन्

गान्धीले आफ्नो प्रतिज्ञाको एक वर्षपछि सबै भारतीय नागरिकलाई बिहे नगर्न सल्लाह दिए उनले भनेका थिए, ‘यदि बिहे गर्ने नै हो भने पनि आफ्नी श्रीमतीसित कसैले यौन सम्बन्ध नराखून्

ब्रह्मचर्यका नाममा गान्धीले नारी अस्मिताको धज्जी उडाइरहेका थिए उनको आश्रममा केटा केटीले सँगसँगै नुहाउनु सुत्नुपथ्र्यो तर, कसैले सेक्ससम्बन्धी क्रियाकलाप गरेमा उनीहरूलाई दण्डित गरिन्थ्यो उनी श्रीमानलाई श्रीमतीसित एकान्तमा नबस्न आदेश दिन्थे कसैलाई (यौन संसर्गको) उल्कै छटपटी भयो भने चिसो पानीले नुहाउन सल्लाह दिन्थे यद्यपि, यो नियम उनले आफ्ना लागि भने लागू गर्नुपर्दैनथ्यो

गान्धी आफ्नो सेक्स अनुभवबारे अनुयायीसित खुलेर गफ गर्थे उनका गफ प्रायः उत्तेजक हुन्थे उनी यौनमा पवित्रता कसरी कायम राख्ने भनेर बारम्बार अनुयायीलाई सिकाउँथे गान्धीबाट प्रभावित मानिसहरूले लामो समयसम्म उनले सिकाएका नियम पालना पनि गरे तर, जब उनीहरूलाई महसुस भयो कि यी कुराहरू प्रकृतिको नियमविरुद्ध छन्, त्यसपछि गान्धीकोसेक्स प्रयोगले हावा खायो

कस्तुरबाको मृत्युपछि गान्धीको जीवनमा थुप्रै स्त्रीहरू आउन थाले उनी जोकसैलाई पनि आफूसित सुताउँथे तर, नियम यस्तो थियो, उनीहरू आफ्नै श्रीमानसित चाहिँ सुत्न पाउँदैनथे

गान्धीका एक सचिव प्यारेलाल नैयरकी सुन्दर बहिनी थिइन्, सुशीला नैयर सुशीला गान्धीकी निजी चिकित्सक पनि थिइन्, सानैदेखि गान्धीको हेरचाहमा  रहिन् ठूली हुन्जेल उनले गान्धीसँगै नुहाउनुपर्दथ्यो अनि निर्वस्त्र भएर गान्धीसितै सुत्नुपर्दथ्यो जब यस विषयमा गान्धीप्रति औँला उठ्न थाल्यो, उनले सँगै सुते पनि आफ्नो पवित्रता कायम राखेको स्पष्टीकरण दिए

गान्धीले भने, ‘जब उनी नुहाउँछिन्, आफ्नो आँखा पूरै बन्द गर्छु मलाई थाहा हुँदैन, उनी नांगै नुहाउँछिन् कि कट्टु लगाएर उनले साबुन दलेको चाहिँ आवाजबाट पत्ता लगाउँछु उनका अंग अरुले जति देखेका छन्, मैले देखेको पनि त्यत्ति हो भनिन्छ, गान्धीसित सुशीलाको यस्तो सामिप्यतालाई लिएर आश्रममा रहेका अन्य स्त्रीहरूको मनमा जलन पैदा हुन्थ्यो

मानिसको वीर्यका बारेमा गान्धीको असाधारण विश्वास थियो उनी भन्थे, ‘कसैले आफ्नो अमूल्य द्रव्य ९वीर्य० जोगाएर राख्यो भने उसित जीवनमा कहिल्यै असफल नहुने ताकत हुन्छ

आफूसित बढीभन्दा बढी आध्यात्मिक साहसका निम्ति बढीभन्दा बढी कलिला केटीको आवश्यकता महसुस गर्थे गान्धी भारत स्वतन्त्र भएको वेला सन् १९४७ मा सुशीला ३३ वर्षकी थिइन् स्वतन्त्रताभन्दा अघि साम्प्रदायिक दंगाको वेला बंगालमा गान्धीले आफ्नी १८ वर्षीया नातिनी मनुलाई बोलाए उनीसित सुत्न थाले गान्धीले भने, ‘हामी दुवै मुस्लिम हातबाट मारिन सक्छौँ, त्यसैले हामीले आफ्नो पवित्रताको सर्वश्रेष्ठ परीक्षा दिनुपर्छ हामीले आफ्नो सबैभन्दा पवित्र बलिदान गर्नुपर्छ अब हामी एउटै ओछ्यानमा नांगै सुत्न थालौँ

स्वतन्त्रतापूर्व जब गान्धीका यौनलीला चलिरहेका थिए, त्यसमा उनका नाती कनु गान्धीकी १८ वर्षीया पत्नी आभा पनि मिसिन आइन् आभा पनि गान्धीसित सुत्न थालिन् आफ्नो जीवनको अन्तिम समयतिर गान्धी मनु आभा दुवैसित सुत्ने गर्थे सन् १९४८ मा गान्धीको हत्या हुँदा पनि उनका दायाँबायाँ यिनै दुई महिला थिए

मनुसित सुत्दा आफूलाई थुप्रै लाभ भएको गान्धी बताउँथे यसबाट देश विभाजन तथा हिन्दूमुस्लिम एकताजस्ता गम्भीर समस्यामाथि विचार गर्न सहयोग पुगेको उनको हास्यास्पद भनाइ थियो उनले मनुसित आफू आमासित जसरी सुत्ने गरेको दाबी गरेका थिए मनु आभा आफ्नो जीवनको सहारा बनेको समेत उनले बताए त्यतिवेला मनु विवाहित थिइन् सुरेन्द्र मसरवाला उनका पति थिए सन् १९४५ मा उनले प्रेससित भनेका थिए, ‘आभा मनुसित नांगै सुतेर मलाई आफ्नो ब्रह्मचर्य प्रयोगमा धेरै सफलता मिलेको पहिले मैले यो प्रयोग कस्तुरबासित पनि गरेको थिएँ, तर परिणाम हासिल भएको थिएन

गान्धीले सेक्सबारे थुप्रै विवादास्पद कुरा लेखेका बोलेका थिए तर, उनका प्रशंसकलेबापूको छविमा दाग लाग्ने डरले ती तथ्यहरू लुकाए, नष्ट गरे सेक्ससित जोडिएका गान्धीका विचारलाई भारतमा दबाइएको , किनकी उनका विचार लोकप्रिय भएनन् गान्धीले सेक्सको प्रसंग उल्लेख गरेका धेरै पत्र नष्ट गरिए नष्ट हुनबाट जोगिएको एउटा पत्रमा उनले यस्तो लेखेका छन्, ‘‘वीणा मसित सुत्नु एउटा संयोग मान्न सकिन्छ यति मात्र भन्न सकिन्छ, उनी मसित लुटुपुटु भएर सुतेकी थिइन् लुटुपुटुको अर्थ के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ

गान्धीको यौन कर्तुतका कारण थुप्रै मानिस उनलाई घृणा गर्न थाले उनीहरूमध्ये एक प्रेमा बेन कंटकले सन् १९३८ मा प्रसाद दीक्षा नामका किताब लेखिन्, जसमा उनले गान्धीसितको आफ्नो सेक्ससम्बन्ध उजागर गरेकी थिइन् यसबाट महाराष्ट्रमा ठूलै हंगामा मच्चिएको थियो

गान्धीको विरोध गर्नेमा उनका सबैभन्दा कान्छो छोरा देवदास गान्धीको नाम पनि आउँछ उनी ५० को दशकका लब्ध प्रतिष्ठित पत्रकारसमेत हुन् गान्धीसित लामो समय सुत्ने मनु उनै देवदासकी छोरी थिइन् सानै उमेरमा आफ्नी आमा गुमाएकी मनुलाई गान्धीले छोरी भनेर आफूसँग नांगै सुताउँथे

गान्धीले नवविवाहितलाई ब्रह्मचर्यको पालना गर्न सल्लाह दिएका थिए जबकि जवाहरलाल नेहरूले गान्धीको यस्तो विचारलाई असामान्य अप्राकृतिक संज्ञा दिएका छन्

गान्धीको विचारबाट रुष्ट भएर उनका केही स्टाफले राजीनामा दिए राजीनामा दिनेमा दुई पत्रिकाका सम्पादक पनि पर्छन्, जसले केटीसित सुत्ने गान्धीको भाषण छाप्न छाडेका थिए गान्धीको असामान्य यौन व्यवहारका कारण समर्थक तथा प्रसंशकहरूले उनलाई अनादरसमेत गर्न थालेका थिए

आलोचकहरू भन्छन्, ‘गान्धीले सक्रिय ब्रह्मचर्यका नाममा महिलाहरूमाथि अत्याचार गरेका थिए उनी महिलाहरूको स्वीकृति लिनु पनि आवश्यक सम्झिदैनथे उनको यौन उत्पीडनको सिकार बनेका महिलाहरूसित सहनुभन्दा अर्को विकल्प थिएन

एक दिन गान्धीका स्टेनोग्राफर आरपी परशुरामले उनलाई निर्वस्त्र मनुसित पल्टिरहेको देखेपछि राजीनामा दिएर हिँडेका थिए राजीनामा दिँदा गान्धीले उनलाईतिमीले आश्रम छाडेर मलाई केही फरक पर्दैनभन्ने जवाफ दिएका थिए निर्मलकुमार बसु गान्धीका नजिकका सहयोगी थिए एकदिन यस्तो घटना भयो, जसले निर्मल कुमारलाई गान्धीको कट्टर आलोचक बनाइदियो त्यस रात गान्धी अक्सरजस्तै नग्न मनु सुशीला नैयरसित सुतिरहेका थिए बिहान हुनुभन्दा पहिले कोठाभित्रबाट अस्वभाविक आवाज आएपछि उनले ढोकाको कापबाट चियाए उनले देखे, गान्धी तीखो आवाजमा चिच्याइरहेको आफ्नो दुवै हातले टाउकोमा हिर्काइरहेको सँगसँगै सुशीला पनि चिच्याइरहेकी थिइन्

त्यसरात के भएको थियो भनेर मनु सुशीला दुवैले मुख खोलेनन् निर्मल कुमारले अड्कल काटे, सायद गान्धीले सुशीलासित सेक्स गर्ने प्रयास गरे सुशीलाले अनिच्छा देखाएपछि गान्धीले जबरजस्ती गर्न खोजे सुशीलाले उनलाई रोक्न खोजिन् अनि रुष्ट निराश भएर गान्धी चिच्याए होलान् सुशीला चाहिँ मद्दत माग्न चिच्याएकी होलिन्

निर्मल कुमारले राजीनामा दिएपछि भनेका थिए, सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ धिक्कार होस्

गान्धीको जीवनमा आएका भारतीय महिलामा श्रीमती प्रभावती देवी ९जयप्रकाश नारायणकी पत्नी० कञ्चन शाह, प्रेमा बेन कंटक, सुशीला नैयर, मनु गान्धी ९नातिनी बुहारी०, आभा गान्धी सरलादेवी चौधरानी ९कवी रवीन्द्रनाथ टैगोरकी भतिजी० लगायत छन्

सरलादेवीसित आफ्नो झन्डै कामवासनायुक्त सम्बन्ध रहेको गान्धीले पनि स्विकारेका छन् सरलादेवीपछि प्रभावती देवीले गान्धीलाई साथ दिइन् उनीहरूको सम्बन्धबारेमा गिरिजा कुमार लेख्छन्, ‘गान्धीप्रति प्रभावती यतिधेरै आशक्त भइन् कि उनी एक दिन पनि गान्धीसित छुट्टिन सक्दिनथिन् प्रभावतीमा हिस्टेरिया देखिन थालेको थियो उनी घन्टौँसम्म बेहोस् हुने गर्थिन् गान्धीको मृत्युपछि मात्र प्रभावतीको जीवन सहज भएको थियो सत्याग्रहपछि उनले आफ्ना प्रशंसकलाई लेखेका सबै पत्रमा दोस्रो विषय सेक्स हुने गथ्र्यो उनी तिनीहरूलाई पत्र पठाउँथे, जसले उनलाई प्रशंसा गरेर पत्र पटाएका हुन्थे स्मरणीय के भने गान्धी दक्षिण अफ्रिकामा रहेका वेला महिनामा एकचोटिजस्तो स्वप्नदोष हुन्थ्यो तर, भारत आएर आश्रममा बस्न थालेपछि उनलाई कहिल्यै स्वप्नदोष भएन  

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

पोखरी र संस्कृति

पोखरी र संस्कृति

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृ...

कीर्तिपुरदेखि बन्दिपुरसम्म

कीर्तिपुरदेखि बन्दिपुरसम्म

मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चल...

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा र...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्