१० असोज २०८३, शनिबार

मतदाता र करदाता


अ
अ+
अ-

मतदाता थिएँ, अघिसम्म 
मतदानपछि मतदाता भइनँ । 

मतदाता थिएँ र पो भाउ थियो 
उम्मेदवारहरु मत माग्न आउँथे 
नमस्कार गर्दै
ङिच्च दाँत देखाएर मुस्कुराउँथे
जे भने पनि सुन्थे 
मतदानपछि मतदाता होइन्न  
मतदातालाई चिन्दैनन्
अघिसम्म ङिच्च दाँत देखाएर नमस्कार गर्नेहरु
दोहो¥याएरै पनि नमस्कार गर्नेहरु 
अब देख्दैनन्, 
नमस्कारै गरेपनि फर्काउँदैनन् । 

मतदानपछि मतदाता बोल्न हुन्न 
यो गर्छु र त्यो गर्छु भनेका कुराहरु सम्झाउनु हुन्न,  
विपक्षको मान्छे भन्दिहाल्छ । 
चुप लागेर बस्यो कि सत्तापक्षको भन्दिहाल्छ । 
मतदानपछि मतदाता, मतदाता हुन्नन् 
उसको हैसियत करदाता मात्रै हो । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्