१२ चैत्र २०८२, बिहिबार

स्तुपमाथि चुलबुले केटी


अ+
अ-

बुद्धको जन्मस्थल लुम्बिनीस्थित एउटा स्तुपमाथि उक्लेर ध्यान गरेजस्तो बसी खिचाइएको एउटा तस्बिरले हालै ध्यान खिच्यो तस्बिरमा रहेकी नवयुवती साधारण नै थिई, बैँस पनि चकचकी हुने खालकै थियो तर, मेरो ध्यान खिच्नुमा उनको त्यो हावभाव थिएन, बरु स्तुपमाथि उनको चढाइ थियो त्यस तस्बिरले केही अहम् प्रश्न उठाइदिएको , जसको जवाफ नखोजी हुन्न

सर्वप्रथमतः स्तुपमाथि चढ्नु नै आपत्तिजनक कुरा हो स्तुप भनेको गौतम बुद्ध वा बुद्धसँग सम्बन्धित स्मारक हो सो स्मारक नेपालका एउटा ठूलै समुदायको आस्थासँग पनि जोडिएको कसैको आस्थासँग खेलबाड गर्नु आफैँमा असहिष्णुता हो कसैको आस्थाका बारेमा थाहा नपाउनु अनजानमा त्यस्तो हुनु सम्भव तर, नेपालजस्तो देशमा आफ्नोबाहेक अरूको धर्मका बारेमा थाहा छैन भन्नुचाहिँ अस्वाभाविक कुरा नै हुन्छ किनभने, यहाँ धार्मिक कट्टरता छैन एउटा धार्मिक स्थलमा अरू धर्मका प्रतीक स्थापना गरिएको हुन्छ हिन्दू मन्दिर बौद्ध स्मारक सँगसँगै निर्माण गरिएको पाइनु नेपालको सांस्कृतिक इतिहासमा नौलो कुरा होइन

दोस्रो कुरा, त्यो स्तुप पुरातात्त्विक वस्तु पनि हो लुम्बिनीस्थित प्रत्येक सम्पदा पुरातत्त्वसँग सम्बन्धित छन् पुरातात्त्विक महत्त्वका ती सम्पदा आफैँमा राष्ट्रिय निधि हुन् त्यहाँ अशोकस्तम्भ पाइएको तथ्यबाटै गौतम बुद्ध नेपालको लुम्बिनीमै जन्मेका हुन् भन्ने प्रमाणित भएको हो, यसमा नेपालीलाई ठूलो गौरवबोध लुम्बिनी देखाएर नेपालले पर्यटन उद्योगको विकास गरिरहेको अझै पनि विकासका प्रशस्त सम्भावना छन्

लुम्बिनीलाई लुम्बिनी भनेर चिनाउने अशोकस्तम्भ अशोकस्तम्भमा अंकित वर्णनअनुसारको पुरातात्त्विक प्रमाणहरू त्यहाँ पाइनु अर्को महत्त्वपूर्ण कुरा हो लुम्बिनीस्थित पुरातात्त्विक सम्पदाहरू पूर्व-मौर्यकालदेखि गुप्त कालसम्मका छन् ती विभिन्न कालखण्डमा विभिन्न निर्माणकार्य भएका थिए आज ती कुरा ऐतिहासिक साक्षी भएर रहेका छन्

युवतीले ध्यान गरेजस्तो बसेर खिचाएको स्तुपको भग्नावशेष पनि एउटा त्यस्तै इतिहासको महत्त्वपूर्ण साक्षी हो यस्तो पुरातात्त्विक महत्त्वका सम्पदाको प्रयोग मनलाग्दो ढंगले गर्नु हुन्न यिनीहरू अत्यन्त संवेदनशील हुन्छन् सानो गल्तीले पनि ठूलो असर पर्ने हुन्छ त्यसैले तिनको सुरक्षा संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ

पुरातात्त्विक स्थललाई सबै ठाउँमा सार्वजनिक प्रदर्शनीमा राखिँदैन सुरक्षाका दृष्टिले यसलाई सार्वजनिक प्रदर्शनीमा नराखिन पनि सक्छ प्रदर्शनीमा राखिँदा पनि सर्वसाधारणले त्यसमा छुने वा तलमाथि गर्ने काम नहोस् भनेर सुरक्षाकर्मी राखिएका हुन्छन् लुम्बिनीमा पनि त्यस्तो व्यवस्था नगरिएको होइन 'सम्पदास्थलमाथि चढ्न हुँदैन' भनेर सूचना-पाटी पनि टाँगिएकै तर, त्यसैमाथि चढ्नु तस्बिर खिच्नु भने आपत्तिजनक ती युवतीको प्रतिक्रिया थियोत्यहाँ जो पनि चढ्न पाइन्छ अर्थात् अरूहरू चढेर तस्बिर खिचिराखेको देखेर उनी पनि त्यसरी नै तस्बिर खिचाउन पुगेकी हुन् उनले तस्बिर सार्वजनिक गरेर आनन्द पनि लिइरहेकी छिन् यसको सोझो अर्थ होलुम्बिनी विकास कोष यस विषयमा संवेदनशील भएन त्यहाँका पुरातात्त्विक स्थलहरूको संरक्षण सुरक्षा गर्ने दायित्व उसैको हो

पुरातत्त्वशास्त्रका दृष्टिले लुम्बिनीसँग सम्बन्धित व्यक्ति वा संस्थाहरू कतिसम्म संवेदनहीन छन् भन्ने कुरा त्यहाँ सूक्ष्म अध्ययन गर्दा थाहा हुन्छ उत्खननका क्रममा पाइएका स्तुपलगायत भग्नावशेषको पुरातात्त्विक अध्ययन गर्न हाल सहज छैन कारण, बेग्लाबेग्लै समयमा निर्मित ती स्तुपका इँटा छ्यासमिस पारिएका छन्, जबकि प्रत्येक कालका इँटाको बेग्लै पहिचान अब अध्ययनकर्ताहरू रणभुल्लमा पर्नुपर्ने अवस्था

अन्य शास्त्रजस्तै पुरातत्त्व पनि एउटा शास्त्र हो सबै सर्वसाधारणले यससम्बन्धी ज्ञान पाएकै हुनुपर्छ भन्ने मान्यता राखिनु हुन्न तर, सम्बन्धित पक्षले भने यसबारेमा सामान्यज्ञान मात्रै भए पनि हासिल गरेकै हुनुपर्छ बुद्धको जन्मस्थल हेर्न भनी दैनिक रूपमा सर्वसाधारणदेखि विद्वत्वर्ग लुम्बिनीको भ्रमणमा सयौँको संख्यामा देशविदेशबाट आइरहेका हुन्छन् लुम्बिनी अन्य कुनै पार्कजस्तो ठाउँ होइन, पुरातात्त्विक स्थल हो तर, यहाँ पुरातात्त्विक मूल्य-मान्यताका बारेमा सामान्य ज्ञान नै नभएका वा भएर पनि संवेदनशील नहुने व्यक्तिलाई हेरचाहको जिम्मा दिनु भनेको दूधको साक्षी बिरालोलाई बनाउनुजस्तै हुन्छ यसको परिणाम यस्तै स्तुपमाथि चढ्न दिने, भगवान्को प्रसाद भन्दै इँटाको धुलो खुर्केर लिने कार्य हुन्छ त्यसमा चढेर तस्बिर खिचाउँदा अनेक नकारात्मक सन्देश जाने हुन्छ यसै पुरातत्त्वका कुरा संवेदनशील हुन्छन्, त्यसमाथि संवेदनहीन हुँदै लापरबाही गर्न थालियो भने लुम्बिनीको महत्त्व घट्दै जान कुनै आइतबार पर्खनुपर्दैन

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

पोखरी र संस्कृति

पोखरी र संस्कृति

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृ...

कीर्तिपुरदेखि बन्दिपुरसम्म

कीर्तिपुरदेखि बन्दिपुरसम्म

मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चल...

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा र...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्