१२ चैत्र २०८२, बिहिबार

इद्-उल-फित्रको अवसरमा प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश


अ+
अ-

काठमाडौं, चैत ७। प्रधानमन्त्री सुशीला कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद्-उल-फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
इद्-उल-फित्रका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रमजान महिनाको लामो व्रतले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गरेकी छन्। उनले यो समयलाई सत्कर्म र संयमको महिना भन्दै यस्ता मूल्यहरूले समाजमा सहअस्तित्व र समृद्धिका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले इद्-उल-फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने उल्लेख गर्दै यस पर्वले नेपाली समाजबीच आपसी सम्मान र सहकार्यको भावना अभिवृद्धि गर्ने अपेक्षा राखेकी छन्।
उनले यस पावन अवसरले राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्‍याओस् भन्ने कामना गर्दै सम्पूर्ण मुस्लिम समुदायलाई ‘इद् मुबारक’ शुभकामना व्यक्त गरेकी छन्।
यसैबीच, रास्वपा नेपालका वरिष्ठ नेता तथा आगामी प्रधानमन्त्रीका दावेदार नेता बालेन्द्र शाह, बालेनले पनि सामाजिक सञ्जालमार्फत धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने उल्लेख गरेका छन् ।
एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको यस पावन अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाउने अपेक्षासहित
"ईद मुबारक" दिएका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
महिला मन्त्रालय गाभ्ने चर्चाप्रति राष्ट्रिय महिला आयोगको चासो, अध्यक्ष पराजुलीद्वारा खबरदारीको आह्वान

महिला मन्त्रालय गाभ्ने चर्चाप्रति राष्ट्रिय महिला आयोगको चासो, अध्यक्ष पराजुलीद्वारा खबरदारीको आह्वान

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने चर्चा...

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले आज शपथ लिँदै

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले आज शपथ लिँदै

नवनिर्वाचित २७४ जना प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ। ...

ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ

ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ

नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौं ले ठमेल क्षेत्रमा अनैतिक तथा अभद्र गतिविधिमा संलग्न रहेको आरोपमा २० ज...

घुँडाको सफल शल्यक्रियापछि पुनरागमनको तयारीमा साम्बा

घुँडाको सफल शल्यक्रियापछि पुनरागमनको तयारीमा साम्बा

भण्डारीले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अक्ल्याण्ड, न्यूजिल्याण्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलता...

वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड

वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड

कार्यक्रममा सहभागीहरूले नेपालमा वन डढेलोको जोखिम बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको रोकथाम, पूर्वतयारी र प्रभावकारी व्...

पश्चिम एसियाको अवस्थाबारे मोदी–ट्रम्पबीच छलफल, शान्ति र स्थायित्वमा जोड

पश्चिम एसियाको अवस्थाबारे मोदी–ट्रम्पबीच छलफल, शान्ति र स्थायित्वमा जोड

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै संवादमा पश्चिम एसियाको विकसित परिस्थितिबारे विचार आद...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्