१ असार २०८३, सोमबार

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...


अ+
अ-

बुटवल, जेठ २८ । रुपन्देहीको बुटवलस्थित एक सुनचाँदी पसलमा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिने पसल सञ्चालक र कामदार नै योजनाबद्ध रूपमा चोरीको नाटक गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका–४ अमरपथमा रहेको तिनाउ सुनचाँदी पसलका सञ्चालक ४१ वर्षीय दीपक विक र सोही पसलमा कार्यरत ४७ वर्षीय नवीन विकलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले २०८३ जेठ १७ गते बिहान १२ः१० बजे पसलमा चोरी भएको भन्दै उजुरी दिएका थिए। उजुरीमा पसलको सटरमा लगाइएको साँचो तोडेर भित्र रहेको सेफ खोली १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको दाबी गरिएको थियो। प्रहरीका अनुसार धिताे राखिएकाे गहना गडबड गर्न तथा बीमा दावीकाे लागि चाेरीकाे नाटक रचिएको हाे ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय लुम्बिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा पसल सञ्चालक दीपक विक र कामदार नवीन विकले मिलेमतोमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा दीपक विकको घरबाट ५ तोला ४.१ लाल सुनका गरगहना तथा १४ केजी ३०० ग्राम चाँदीका सिक्का, दाना र ढिक्का बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दीपक विक बुटवल उपमहानगरपालिका–३ पुल्चोक निवासी हुन् भने नवीन विक तिलोत्तमा नगरपालिका–२ बनवाटिका निवासी हुन्।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्