११ जेठ २०८३, सोमबार

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान


अ+
अ-

काठमाडौं, वैशाख ३१ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३४औँ बैठक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ। कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुन सक्ने आकलन गरिएको उल्लेख छ।
स्वीकृत कार्ययोजनामा मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जिम्मेवार निकाय तथा तिनका मुख्य जिम्मेवारीहरू समेटिएका छन्। साथै, मनसुन अवधिमा आवश्यक समन्वयका लागि सम्पर्क व्यक्तिहरूको विवरण तथा खोज, उद्धार र राहतका अत्यावश्यक सामग्रीको सूची पनि समावेश गरिएको छ।
बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३’ परिमार्जनसहित स्वीकृत गरेको छ। त्यस्तै, ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’, ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ तथा ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१’ का केही बुँदामा संशोधन गरी स्वीकृत गरिएको जनाइएको छ।
बैठकमा मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्यका लागि सम्बन्धित निकायबीच समन्वय र तयारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश:  प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्