युनेस्को टोलीद्वारा जीनोम सिक्वेन्सिङ हब बनाउने साझेदारीबारे छलफल


अ
अ+
अ-

काठमाडौं, फागुन १३। युनेस्को र मदन भण्डारी मेमोरियल विश्वविद्यालयबीच संकटापन्न जडिबुटी तथा उच्च हिमाली भेगमा उत्पादन हुने जुम्ली मार्सी धानजस्ता जोखिममा रहेका बालीहरूको संरक्षणका लागि विश्वविद्यालयलाई ‘होल जीनोम सिक्वेन्सिङ’ को केन्द्रीय हबका रूपमा विकास गर्ने रणनीतिक साझेदारीबारे पनि छलफल भएको छ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि ज्याकाे डु टाेइटको नेतृत्वमा रहेको टोलीले मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भ्रमण गरेको छ। भ्रमणका क्रममा टोलीले विश्वविद्यालयले अघि सारेको “ एडुकेट डाेअर्स ” लक्ष्य युनेस्कोका विज्ञान, शिक्षा र सूचना सम्बन्धी कार्यक्रमहरूसँग कसरी मेल खान्छ भन्ने विषयमा विस्तृत जानकारी लिएको थियो।

टोलीले विश्वविद्यालयका विभिन्न विशिष्ट प्रयोगशाला तथा अनुसन्धान केन्द्रहरूको अवलोकन गर्दै विद्यार्थी र प्राध्यापकहरूले अवलम्बन गरिरहेको “ सिक्दै, गर्दै" मोडेलको अभ्यास प्रत्यक्ष रूपमा हेरेको थियो।

विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेको च्याउ अनुसन्धान प्रयोगशालामा औषधिजन्य प्रयोगका लागि आवश्यक अनुसन्धान भइरहेको छ। यस्तै, वन बायो–मटेरियल युनिटले वातावरणमैत्री काठ उपचार विधि विकासमा काम गरिरहेको छ। एआई विभागले भने बालीनालीको रोग पहिचान तथा स्मार्ट सिँचाइ प्रणाली विकासका लागि मेसिन लर्निङ प्रविधिको प्रयोग गरिरहेको जानकारी टोलीलाई दिइएको थियो।

यस प्रस्तावित सहकार्यले जैविक विविधता संरक्षण, बीउ सुरक्षासहित कृषि अनुसन्धानमा वैज्ञानिक आधार सुदृढ गर्ने अपेक्षा गरिएको छ। विश्वविद्यालयले प्रयोगात्मक अनुसन्धान र सामुदायिक प्रभावमा केन्द्रित हुँदै कृषि तथा डिजिटल रूपान्तरणका व्यावहारिक चुनौती समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ।

युनेस्कोले नेपालको दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक प्राविधिक, खुला विज्ञान र सिर्जनशीलतालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्