Tuesday, September 29, 2026 | 6:57 AM

काठमाडौंमा जेन्जी प्रदर्शन : पत्रकार घाइते, थुप्रै युवा प्रदर्शनकारीको मृत्यु


अ
अ+
अ-

काठमाडौं, भदौ २३ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा गरिएको युवा आन्दोलनमा ठूलो झडप भएको छ। आन्दोलनको समाचार संकलन गर्ने क्रममा केही पत्रकारसमेत घाइते भएका छन्।

भदौ १९ गते नेपाल सरकारको आदेशअनुसार दूरसञ्चार प्राधिकरणले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जालहरू बन्द गरेको थियो। सरकारले लिएको उक्त निर्णयप्रति नागरिक समाज, पत्रकार र युवाहरू आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन्।

भदौ २१ गते पत्रकारहरूले निर्णय खारेज गर्न माग गर्दै सडकमा विरोध प्रदर्शन गरेका थिए भने भदौ २३ गते हजारौँ युवाहरू माइतीघरदेखि नयाँबानेश्वरसम्मको र्यालीमा सहभागी भए। प्रदर्शनकारीहरूले “भ्रष्टाचार बन्द गर”, “हाम्रो भविष्य बिक्रीमा छैन”, “स्वतन्त्र अभिव्यक्ति हाम्रो अधिकार हो” जस्ता नाराबाजी गर्दै संसद् भवन परिसरतर्फ अघि बढेका थिए।

प्रदर्शनकारीहरूले नयाँबानेश्वरमा तोडफोड गर्दै प्रहरी अवरोध पार गर्ने प्रयास गरेपछि स्थिति हिंसात्मक बन्दै गएको थियो। प्रहरीले भीड नियन्त्रणका लागि पानीकाे फाेहरा र गोली प्रहार गरेको थियो।

यस्तै, पत्रकार महासंघद्वारा प्रहरी दमनको निन्दा, घाइते पत्रकारको उपचारमा सरकारलाई ध्यान दिन आग्रह गरेकाे छ ।

भ्रष्टाचार, वैदेशिक रोजगारी र सामाजिक सञ्जाल बन्दको विरोधमा आयोजित जेनजीको प्रदर्शनस्थलमा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको प्रहरी दमनप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ।

महासंघले आज साेमबार राति विज्ञप्ति जारी गर्दै प्रहरीको गोली प्रहारबाट चार जना पत्रकार घाइते भएको र एक जना गम्भीर घाइते पत्रकारको अवस्था चिन्ताजनक रहेको जनाएको छ। महासंघका अनुसार शुभम श्रेष्ठ (कान्तिपुर टेलिभिजन), दिपेन्द्र बुढाथोकी (नयाँ पत्रिका दैनिक), शुभम सिग्देल (स्वतन्त्र पत्रकार) र उमेश शर्मा (नेपाल प्रेस) घाइते भएका छन्। यस्तै, पत्रकार शुभम बुढाथोकी गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन्।

महासंघले शान्तिपूर्ण प्रदर्शनमा संलग्न नागरिकलाई नियन्त्रण गर्ने क्रममा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्नेगरी भएको दमन निन्दनीय भएको उल्लेख गरेको छ।

पत्रकार महासंघले घाइते पत्रकारहरूको छिटो उपचार सुनिश्चित गर्न माग गर्दै सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। साथै, मृतक प्रदर्शनकारीका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने पनि महासंघको माग छ।

महासंघले थप बल प्रयोग नगरी शान्तिपूर्ण प्रदर्शनमा सहभागी नागरिकको हक अधिकार सुनिश्चित गर्न सरकारसँग अपिल गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा प्रतिवद्ध रहन आग्रह गरेको छ। आन्दोलन देशव्यापी बन्दै गएकाे छ ।

फाेटाे: सामाजिक सञ्जालबाट

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्