प्रभावकारी समन्वयका कारण यस वर्ष विपद् क्षति न्यून भएको निष्कर्ष


अ
अ+
अ-

काठमाडौं, कार्तिक १६ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले यस वर्षको मनसुन अवधिमा संघ, प्रदेश, स्थानीय तहदेखि सुरक्षा निकाय, गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, सञ्चारमाध्यम र सामुदायिक संस्थाबीचको प्रभावकारी समन्वयका कारण विपद्जन्य क्षति न्यून हुन सकेको निष्कर्ष निकालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जल तथा मौसम विज्ञान विभागले समयमै गरेको मौसम पूर्वानुमान, पूर्वजानकारी तथा चेतावनी सन्देश र त्यसको प्रभावकारी सम्प्रेषणका कारण प्रतिकार्य प्रयास सफल भएको बताएको हो।

बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले यो वर्षको मनसुन अवधिमा १३७५.४ मिलिमिटर वर्षा भएको बताउँदै यो अनुमानित सरदर १४१४.५ मिलिमिटरको तुलनामा ९७.२३ प्रतिशत रहेको जानकारी दिए।

बैठकले सीमित साधनस्रोतका बाबजुद पूर्वतयारी र प्रतिकार्यका प्रयासहरू प्रभावकारी भएको उल्लेख गर्दै मनसुन अवधिभर गरिएको जोखिम न्यूनीकरणका क्रियाकलापले जनधनको क्षति घटाउन सहयोग पुगेको निष्कर्ष निकालेको छ।

समीक्षात्मक बैठकमा मनसुन अवधिमा भएका विपद्‌का घटनाबाट भएको मानवीय तथा भौतिक क्षति, त्यसका कारण र सिकाइका पक्षहरूबारे विस्तृत छलफल भएको थियो। सहभागी निकायका प्रतिनिधिहरूले आफ्ना निकायतर्फबाट भएका प्रयास र सिकाइ प्रस्तुत गरेका थिए।

बैठकले आगामी दिनमा विपद् व्यवस्थापनमा प्रविधि, उपकरण, तालिम, खोज, उद्धार तथा राहत सामग्रीका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने, पूर्वसूचनालाई जनस्तरसम्म समावेशी ढंगले पुर्याउने व्यवस्था गर्नुपर्ने, जोखिमयुक्त बस्तीहरूको नक्साङ्कन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र विपद्का लागि छुट्टै बजेट कोड व्यवस्था गर्नुपर्ने सुझावसमेत दिएको छ।

गत जेठ १४ गते बसेको कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गर्दै कार्यकारी प्रमुखको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड पोष्ट गठन गरेको थियो।

बैठकमा गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न संघसंस्था र विकास साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्