Tuesday, September 29, 2026 | 3:00 AM

बर्दघाटले उल्टायो लुम्बिनी प्रदेशको बिदा


अ
अ+
अ-


बर्दघाट, भदाै ८ । थारु समुदायको बड़की अतवारी पर्वका लागि भाद्र १५ गते मात्र सार्वजनिक बिदा बर्दघाट (नवलपरासी पश्चिम) – थारु समुदायको महान पर्व “बड़की अतवारी” को अवसरमा बर्दघाट नगरपालिकाले लुम्बिनी प्रदेश सरकारले तोकेको बिदा उल्टाएको छ।

प्रदेश सरकारले यसअघि भाद्र ८ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि, नगरपालिकाले सो दिन बिदा नदिई भाद्र १५ गते आइतबार नगर क्षेत्रमा बिदा दिने घोषणा गरेको हो।

नगर प्रमुख शम्भु प्रसाद श्रेष्ठले हस्ताक्षर गरेर सार्वजनिक गरिएको सूचनामा भनिएको छ –
“स्थानीय पर्व बड़की अतवारीलाई मध्यनजर गर्दै प्रदेश सरकारले तोकेको ८ गतेको बिदा बर्दघाट नगर क्षेत्रमा लागू नगरी त्यसको सट्टा भाद्र १५ गते मात्र सम्पूर्ण कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका निकायहरू बन्द हुनेछन्।”

थारु समुदायमा बड़की अतवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ। तीजपछिको पहिलो आइतबार पर्न आउने यस पर्वमा छोरी–चेली, दिदी–बहिनी, भाञ्जा–भाञ्जीलाई बोलाएर चिनी–रोटी लगायतका अनेक प्रकारका परिकार खुवाउने परम्परा रहँदै आएको छ।

स्थानीय तहले आफ्नै समुदायको संस्कृतिलाई प्राथमिकता दिँदै प्रदेश सरकारले तोकेको बिदालाई सारेर भाद्र १५ गते लागू गर्ने निर्णयलाई थारु समुदायले स्वागत गरेका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्