निर्वाचन परिणामपछि नेतृत्व पुनर्गठनको माग, विन्दा पाण्डे भन्छिन्– ‘नैतिक जिम्मेवारी लिनुपर्छ’


अ
अ+
अ-

काठमाडौं, फागुन २६ । नेकपा (एमाले) की नेता विन्दा पाण्डेले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामपछि पार्टी नेतृत्वले नैतिक जिम्मेवारी लिएर नेतृत्व पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन्।

पाण्डेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै निर्वाचनको परिणाम एमालेका लागि उत्साहजनक नभएको उल्लेख गरेकी हुन्। उनले मतदाताको मनोविज्ञान र बदलिँदो राजनीतिक चेतनालाई पार्टीले सही रूपमा बुझ्न नसक्दा अपेक्षाभन्दा कमजोर नतिजा आएको संकेत गरेकी छन्।

उनका अनुसार अहिलेका मतदाता केवल ‘जनता’ मात्र नभई नागरिक सर्वोच्चताको स्तरमा पुगेका छन् र हरेक राजनीतिक गतिविधिबारे जानकारी राख्ने अवस्थामा छन्। यस्तो अवस्थामा पार्टीले जनभावनालाई पर्याप्त रूपमा आत्मसात गर्न नसक्दा निर्वाचन परिणाम अपेक्षाभन्दा कमजोर आएको उनको भनाइ छ।

पाण्डेले पार्टीले चुनावमा ‘जित्ने मापदण्ड’का आधारमा टिकट दिएका धेरै उम्मेदवारहरू धेरै स्थानमा निकटतम प्रतिस्पर्धीसमेत बन्न नसकेको उल्लेख गरेकी छन्। उनले एक सयभन्दा बढी स्थानमा उम्मेदवारहरू प्रतिस्पर्धी बन्न नसकेको र धेरै क्षेत्रमा धरौटीसमेत जोगाउन नसकेको बताएकी छन्। साथै मधेश, बागमती र गण्डकी प्रदेशमा प्रतिनिधित्व शून्य हुनु सामान्य विषय नभएको उनको टिप्पणी छ। उनले यस्तो परिस्थितिको नैतिक जिम्मेवारी निर्णय गर्ने नेतृत्व टोली—विशेषगरी अध्यक्ष र महासचिवले लिनुपर्ने बताउँदै नेतृत्व पुनर्गठनको प्रक्रिया यथाशीघ्र सुरु गर्नुपर्ने धारणा राखेकी छन्।

पाण्डेले निर्वाचन परिणाम किन यस्तो आयो भन्ने विषयमा गम्भीर रूपमा कारण खोजी गर्नुपर्ने पनि बताएकी छन्। उनका अनुसार यसमा केन्द्रीय निर्वाचन परिचालन टोलीको भूमिका र अन्य पक्षहरूको जिम्मेवारीबारे संस्थागत रूपमा सूक्ष्म समीक्षा गर्न आवश्यक छ।

उनले पार्टीभित्र ‘पर्ख र हेर’ गर्ने समय अब बाँकी नरहेको उल्लेख गर्दै वामपन्थी आन्दोलनलाई थप विग्रहबाट जोगाउन र समर्थक तथा कार्यकर्तामा निराशा फैलिन नदिन तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन आग्रह गरेकी छन्।

पाण्डेले उक्त बैठकमार्फत नेतृत्व पुनर्गठन, भावी नीति, विधि, प्रक्रिया र पद्धतिबारे स्पष्ट निर्णय लिन ढिलाइ गर्न नहुने बताउँदै सम्बन्धित निकाय र पदाधिकारीको ध्यान यसतर्फ जान आवश्यक रहेको उल्लेख गरेकी छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्