Wednesday, September 30, 2026 | 12:59 AM

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता


अ
अ+
अ-

काठमाडौं, भदाै २० । चीनको तिब्बत स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित नेपालका लागि दुईवटा बेली ब्रिज निर्माण गर्न पुग्ने आपत्कालीन सामग्रीसहित थप सहायता उपलब्ध गराएको छ।
चिनियाँ दूतावासका अनुसार तिब्बत स्वायत्त क्षेत्रबाट पठाइएका आपत्कालीन राहत सामग्री शनिबार अर्थात् सेप्टेम्बर ४, २०२६ मा चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरण गरिएका सामग्रीमा बेली ब्रिजका प्यानल, बलियो बनाइएका सस्पेन्सन रड, सपोर्ट फ्रेम, पुलको डेक तथा आई–बीमलगायतका संरचनात्मक सामग्री छन्। यी सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिने जनाइएको छ।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापित गर्न तथा खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन ती पुल उपयोग गरिने दूतावासले जनाएको छ।
सहायता हस्तान्तरणका क्रममा रिजी बन्दरगाहमा चिनियाँ र नेपाली भाषामा ‘साझा हिमाल, साझा नदी—सुखदुःखमा एकजुट, तिब्बत नेपाललाई सहयोग गर्न अघि बढ्छ’ भन्ने सन्देशसहितको ब्यानर राखिएको थियो।
यसैबीच, सोही दिन ल्हासामा तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच सहायता हस्तान्तरण समारोह आयोजना गरिएको थियो।
समारोहमा ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
नेपाली पक्षले विपद्का बेला चीनले देखाएको शीघ्र सहयोगप्रति आभार व्यक्त गरेको छ। तिब्बत स्वायत्त क्षेत्रले विपद्पछि तत्काल उपलब्ध गराएको सहयोग साझा हिमाल र नदीले जोडिएका नेपाल र चीनबीचको मित्रता तथा कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने भावनाको उदाहरण भएको नेपाली पक्षले जनाएको छ।
चिनियाँ दूतावासले उक्त सहयोगलाई नेपाल र चीनबीच ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने अवधारणाको व्यवहारिक उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्