Tuesday, September 29, 2026 | 9:58 AM

आजदेखि पेट्रोलियम पदार्थको मूल्य बृद्धि


अ
अ+
अ-

काठमाडौँ, चैत २७ । नेपाल आयल निगम (नाआनि) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा मध्यपूर्वमा जारी युद्धका कारण निगमलाई पाक्षिक ठूलो घाटा व्यहोर्नुपरेको जनाउँदै पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य बढाएकाे छ।

निगमका अनुसार आज बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर रु. १७, डिजेल/मट्टीतेलमा प्रति लिटर रु. २५, एलपी ग्यासमा प्रति सिलिन्डर रु. १०० र हवाई इन्धन (आन्तरिक) मा प्रति लिटर रु. ६ ले मूल्य वृद्धि गरिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा रु. २१६.५०, दोस्रो वर्गमा रु. २१८.०० र तेस्रो वर्गमा रु. २१९.०० प्रतिलिटर कायम गरिएको छ। डिजेल/मट्टीतेल पहिलो वर्गमा रु. २०४.५०, दोस्रो वर्गमा रु. २०६.०० र तेस्रो वर्गमा रु. २०७.०० प्रतिलिटर पुगेको छ। एलपी ग्यास (१४.२ केजी) रु. २०१.०० र (७.१ केजी) रु. १००५ कायम गरिएको छ भने हवाई इन्धन (आन्तरिक) रु. २५७.०० प्रतिलिटर तोकिएको छ।

निगमले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएपछि पनि पाक्षिक रु. १० अर्ब २१ करोड ९१ लाख घाटा हुने अवस्था रहेको बताएको थियो। मूल्य समायोजनपछि भने उक्त घाटा घटेर पाक्षिक रु. ७ अर्ब ८१ करोड पुगेको निगमको भनाइ छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकस्मिक रूपले बढेका कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन हुन नसकेको उल्लेख गर्दै उपभोक्ता तथा सरोकारवालासँग सहयोग र पेट्रोलियम पदार्थमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। यदि घाटा निरन्तर रहे इण्डियन आयल कर्पोरेसनलाई भुक्तानीमा असर पर्ने र आपूर्ति व्यवस्थापनमा समस्या आउने निगमको चेतावनी छ।
इजरायलर अमेरिका- इरान युद्धपछि निगमले याे तेस्रो पटक मूल्य वृद्धि गरेकाे हाे तर ग्यासमा भने पहिलाे पटक मूल्य वृद्धि गरेकाे हाे ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्