Sunday, September 27, 2026 | 10:11 PM

नयाँ वर्षमा भक्तपुरमा ‘३३ पोखरी परिक्रमा’ आयोजना हुँदै


अ
अ+
अ-

काठमाडौं, चैत ६ । नयाँ वर्ष २०८३ को अवसर पारेर भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ‘३३ पोखरी परिक्रमा’ कार्यक्रम आयोजना हुने भएको छ। “नयाँ नेतासँग पानी गफ” नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम बैशाख १ गते सञ्चालन गरिने आयोजक भक्तपुर टुर्स रिसर्च सेन्टरले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य जलस्रोत संरक्षण, सांस्कृतिक सम्पदाको प्रवर्द्धन तथा नयाँ पुस्तालाई भौतिक सामाजिक सञ्जालसँग जोड्ने रहेको बताइएको छ। परिक्रमामार्फत सहभागीहरूले शहरभित्र रहेका ३३ वटा पोखरी अवलोकन गर्दै जल व्यवस्थापन, ऊर्जा बचत र वातावरणीय संरक्षणका विषयमा प्रत्यक्ष छलफल गर्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार पदयात्रा बिहान माहेश्वरी मन्दिरबाट सुरु भई नगरका विभिन्न पोखरी परिक्रमा गर्दै सम्पन्न हुनेछ। कार्यक्रमका क्रममा स्थानीय समुदायले नेवारी खाजा र भक्तपुरको प्रसिद्ध दही " जुजु धाै"को व्यवस्था गर्ने जनाइएको छ।
यस वर्षको विशेष आकर्षणका रूपमा साँझपख भक्तपुरमा मनाइने बिस्का जात्राअन्तर्गत लिङ्गो ढाल्ने दृश्य अवलोकनसमेत गरिनेछ।
परिक्रमालाई ‘भौतिक स्वरूपको सामाजिक सञ्जाल’ का रूपमा विकास गर्ने लक्ष्यसहित प्रत्येक साता शनिबार पनि नियमित रूपमा कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। विभिन्न दिवस, वार्षिकोत्सव तथा सम्मेलनसँग जोडेर पनि परिक्रमा आयोजना गरिँदै आएको जनाइएको छ।
भक्तपुरलाई ‘३३ पोखरी सहर’ का रूपमा ब्राण्डिङ गर्ने उद्देश्य राखिएको यस अभियानले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ। परिक्रमामा सहभागीबाट संकलित रकम ‘नेपाल इन्भेष्टमेन्ट फन्ड’ मार्फत उद्यम गर्न चाहनेहरूलाई बिना ब्याज ऋणका रूपमा उपलब्ध गराउने व्यवस्था रहेको आयोजकले जनाएको छ।
उल्लेख्य रूपमा, ङातापाेल्ह देगलका ३३ खुडकिलाको प्रतीकका रूपमा ३३ पोखरी परिक्रमा सुरु गरिएको मानिन्छ। पछिल्ला वर्षहरूमा यो अभियानले सांस्कृतिक संरक्षण, पर्यटन प्रवर्द्धन र सामुदायिक सहभागितामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्