नरेश श्रेष्ठ र फोटोग्राफी


अ
अ+
अ-

क्यामेरा छ, भ्यू फाइन्डर छ र क्लिक बटम पनि छ । के चाहियो र ? क्लिक गरेपछि फोटो बनिहाल्छ, फोटोग्राफर भइ हालिन्छ, भन्ने सोच सामान्य होला तर यो हिसावकिताबले फोटोग्राफी हुँदैन ।  सानो बटनमा ‘क्लिक्’ गरेर जो कोही पनि ‘क्लिकर’ त बन्न सक्लान्, तर फोटोग्राफर होइन । एउटा फोटोका लागि आवश्यक अवयवका रुपमा रहेका कुराहरु मिलाएर जसले ‘क्लिक्’ गर्छ ऊ बल्ल फोटोग्राफर बन्छ । फोटोग्राफीको पनि विभिन्न आयाम, उद्देश्य र गन्तव्य हुन्छन् र ती फरक फरक भएजस्तै फाटोग्राफरहरुको पनि पहिचान बन्छ भन्ने मान्यता यो क्षेत्रको। 

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिहासिक घटनाक्रमहरुलाई फोटोग्राफीमार्फत अभिलेख राख्छन् । आफूलाई व्यक्त गर्न कविले कलम समाएजस्तै उनी क्यामेरा चलाउँछन् । 

२०२० साल पुस ११ गते सुनसरी जिल्ला, रामधुनी नगरपालिका -३ सिंगियामा पिता कृष्णमान श्रेष्ठ र माता विष्णुमायाबाट जन्मिएका नरेश श्रेष्ठले निरन्तर क्यामेरा चलाउन थालेको पनि चार दशक पुयो । २०३८ सालको अन्त्यतिर फोटोग्राफीको तालिम लिई स्टूडियो फोटोग्राफी गर्दै र क्याम्पसको विद्यार्थी पनि भई विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने काम सँगसँगै भयो । त्यो बेला खुल्ला रुपमा राजनीतिक गतिविधि हुँदैनथ्यो । उनी चुनावको बेला हुने कार्यक्रम तथा जुलुसहरुको पनि फोटो खिच्थे । उनमा फोटोपत्रकारिताको बीजांकूर त्यसैबेला भएको मान्नु पर्दछ । 

२०४६ सालको जनआन्दोलनमा फोटो पत्रकारिता नेपालमा फस्टाइसकेको थिएन र आन्दोलनका दृष्यहरु क्यामेरामा खिच्नु पनि कम जोखिमपूर्ण हुँदैनथ्यो । फोटोग्राफरमाथि पनि प्रहरीहरु जाइलाग्थे र गाली गर्नु, कुट्नु उनीहरुका लागि सामान्य कुरा हुन्थ्यो, मानौं  फोटोग्राफरहरु पनि आन्दोलनकर्ता हुन् । भर्खर भर्खर क्यामेरा प्रविधिको ज्ञान हासिल गरेका र आन्दोलनको फोटोग्राफी कसरी गर्ने भन्ने आधारभूत जानकारीसमेत नभएको अवस्थामा पनि नरेश श्रेष्ठले थुप्रै फोटो खिच्न भ्याए र ती ऐतिहासिक क्षणहरुलाई फोटोग्राफीमा सुरक्षित राखे । जनआन्दोलन पछिको नेपाली समाजलाई उनले गहिरिएर नजिकबाट अध्ययन गरे र प्रायः महत्वपूर्ण घटनाहरूको फोटोग्राफी छुटाएनन् । यस अवधिमा राजनीतिक, सामाजिक, साँस्कृतिक, साहित्यिक तथा भूदृष्यका फोटोग्राफी गरेर आफ्नो क्षेत्र विस्तार गर्नुका साथै उनले व्यावसायिक जीवन मात्रै चालू राखेनन् अपितु अवैतनिक राष्ट्रसेवकको रुपमा पनि रहे । इतिहास अध्ययन गर्नेहरुका लागि पुरातात्विक अवशेषहरुको महत्व रहेजस्तै महत्वपूर्ण कुरा हो, तत्कालीन फोटोग्राफीहरु । ऐतिहासिक श्रोतसामग्रीलाई केलाएर तत्कालीन समाज, संस्कृति, आर्थिक स्थिति तथा नेतृत्वका सम्वन्धमा थाहा पाउन सकिएजस्तै अब फोटोग्राफी पनि ऐतिहासिक श्रोतसामग्रीको रुपमा दरिन पुगेको छ ।

नेपालमा फोटोग्राफीको इतिहास राणाकालमा सुरू भयो । त्यति बेलाको स्थिति बुझ्ने एउटा माध्यम फोटोग्राफी पनि हो । भलै त्यति बेला थोरै फोटो खिचियो, ती मध्ये धेरै त नष्ट भयो । अब ती दुर्लभ फोटोहरुको संरक्षण गर्ने चेत आउनुको अर्थ हो, वर्तमानका घटनाक्रमहरुको फोटोग्राफीको महत्व बुझ्नु अर्थात् आजका यी सामग्रीहरु भोलिका लागि ऐतिहासिक निधि हुन्छन् ।

फोटोग्राफीका अभियन्ता नरेश श्रेष्ठको सोच ज्यादाजसो अभिलेखीकरण गर्नु देखिन्छ । अहिलेका प्रभावशाली राजनैतिक नेताहरुको विगतलाई उनले आफ्नो क्यामेरामा खिचेर सुरक्षित राखेका छन् । तिनीहरुको व्यक्तित्वको विकास कुन रुपमा हुँदै आएको रहेछ भन्ने अध्ययन गर्न यो जतिको भरपर्दो माध्यम अरु हुन सक्दैन । आज आदिकवि भानुभक्त आचार्यको मुहार भनेर हामी जुन दृष्य वा तस्वीरलाई मानसपटलमा सजाएर राखेका छौं त्यो त नाटककार बालकृष्ण समको फगत कल्पना मात्रै हो । समले भानुभक्तलाई देखेकै थिएनन् । कोरा कल्पनाको सहारा लिनु पर्ने वाध्यतालाई फोटोग्राफीले हटाउन सक्छ र नेपालका लेखक-कलाकारलगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको विभिन्न कोण र आयामबाट खिचेर उहाँले संकलन गर्नु भएका फोटोग्राफीहरुको संग्रहको आकार बृहत्त नै मान्नु पर्दछ । उहाँको संग्रहमा रहेका ती तस्वीरहरुले वर्तमानमा नै कतिपय क्षेत्रलाई सहज बनाइदिएको छ भने भविष्यका लागि ऐतिहासिक श्रोतसामग्री हुन् । 

श्रेष्ठका स्थानीय, राष्ट्रियरअन्तरराष्ट्रिय  पत्रपत्रिका, म्यागेजिन, अनलाइन र पुस्तकहरूमा थुप्रै फोटोहरू प्रकाशित भएका छन् । नरेश श्रेष्ठ आफू मात्रै फोटो खिच्दैनन्, फोटो खिच्ने कला पनि सिकाउँछन् । दशकौदेखि रत्न राज्यलक्ष्मी क्याम्पसमा फोटोपत्रकारिता बिषय अध्यापन गरिरहेका उनी हाल नेपाल फोटो पत्रकार महासंघ (FNPJ)का महासचिव हुन् र सो महासंघद्वारा प्रकाशित हुने "फोटोपत्रकारिता" म्यागेजिनको सम्पादन पनि गर्छन् । त्यस्तै उनी राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ) का संस्थापक सचिव पनि हुन् । उनले फोटोग्राफीर फोटोपत्रकारितासम्बन्धी लेखेका विचारर लेखहरू विभिन्न पत्रपत्रिका, म्यागेजिन र अनलाइनमा प्रकाशित भइरहन्छन् ।  ‘तस्वीर-२०६२’ नामको एउटा पिक्टोरियल किताब पनि प्रकाशित छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
The context of Kirat in the context of Newar

The context of Kirat in the context of Newar

When discussing the history of Kathmandu Valley or Newar, the context of Kirat also comes up. Newar history cannot be ad...

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

The search for history in the story of Yanya (Indrajatra)

The search for history in the story of Yanya (Indrajatra)

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

When a Newa started insulting a Newar

When a Newa started insulting a Newar

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

Indrajatra: Archaic name of the ancient Yaya

Indrajatra: Archaic name of the ancient Yaya

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्