११ असोज २०८३, आइतबार

बन्चरेडाँडा ल्यान्डफिल साइटमा प्रवेश निषेध


अ
अ+
अ-

काठमाडौं, फागुन ९ । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै हिजाेदेखि नै उक्त निर्णय लागू गरिएको जनाएको छ।

वातावरण व्यवस्थापन विभागका अनुसार बन्चरेडाँडा ल्यान्डफिल साइटमा दैनिक रूपमा २४ वटा स्थानीय तहबाट संकलित फोहोरमैला अन्तिम व्यवस्थापनका लागि ल्याइँदै आएको छ। फोहोरमैला व्यवस्थापनका क्रममा दैनिक रूपमा डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपरजस्ता हेभी सवारी साधनहरू निरन्तर सञ्चालनमा रहने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले दुर्घटना तथा स्वास्थ्य जोखिम बढाउने सम्भावना रहेको जनाइएको छ।

सूचनामा फोहोरमैला विसर्जन स्थलमा फोहोर तथा कबाडी टिप्ने अनधिकृत संकलनकर्ता र अन्य व्यक्तिहरूको प्रवेशका कारण विभिन्न मानवीय तथा स्वास्थ्यसम्बन्धी जोखिम सिर्जना भएको उल्लेख गरिएको छ। यस्तो गतिविधिले दुर्घटना निम्त्याउन सक्ने भएकाले अनधिकृत प्रवेशमा कडाइ गरिएको महानगरले स्पष्ट पारेको छ।

महानगरले ल्यान्डफिल साइट परिसरमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कसैलाई पनि प्रवेश नगर्न/नगराउन अनुरोध गरेको छ। उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने र सम्बन्धित पक्ष/व्यक्तिलाई कानुनअनुसार सजाय हुने समेत सूचनामार्फत जानकारी गराइएको छ।

महानगरपालिकाले फोहोर व्यवस्थापन कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको जनाएको छ।

व्यक्तिहरू बाहेक अन्य कसैलाई पनि प्रवेश नगर्न/नगराउन अनुरोध गरेको छ। उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। साथै, अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने र सम्बन्धित पक्ष/व्यक्तिलाई कानुनअनुसार सजाय हुने समेत सूचनामार्फत जानकारी गराइएको छ। महानगरपालिकाले फोहोर व्यवस्थापन कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्