काठमाडौँ, साउन १२ गते । काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा भइरहेपनि मधेश क्षेत्र भने सुक्खा र खडेरीको मारमा परिरहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार रातिदेखि काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । काठमाडौँको पानीपोखरीमा ६५ मिलिमिटर, कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी, भक्तपुरमा १८ मिलिमिटर, ललितपुरको टिकाथलीमा १८, खुमलटारमा १६.४, लेलेमा १३.८ र गोदावरीमा १३।४ मिलिमिटर वर्षा भएको छ ।
मधेशमा अझै केहीदिन भारी वर्षा हुने सम्भावना नभएको बताइएको छ ।
मेगु पोस्त: नेवाः टाइम्स
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment