१३ असोज २०८३, मंगलबार

नेपाल-चीन सम्बन्धका ७० वर्ष: आर्थिक सहयोगमा चुनौती र सम्भावनामा छलफल


अ
अ+
अ-

ललितपुर, भदाै ६ । चीनका विद्वान् प्रो. ह्वाङ झेङदोउले चीन-नेपाल व्यापारको मात्रामा भएको वृद्धिलाई सकारात्मक बताउँदै पनि दीर्घकालीन रूपमा रहेको व्यापारिक असन्तुलनलाई प्रमुख चुनौतीको रूपमा रहेकाे उल्लेख गरे। उनले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतका आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनु आवश्यक रहेको बताउँदै नेपाली स्थानीय उद्यमहरूसँगको सहकार्यलाई बढावा दिनुपर्नेमा जोड दिए।

नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्थान (नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट) ले नेपाल-चीन सम्बन्धका ७० वर्ष पूर्ण भएकाे अवसरमा आयाेजित सेमिनारमा उनले कुरा बताएका हुन् ।

सेमिनारमा चीनका विद्वान् प्रो. ह्वाङ झेङदोउ र डा. गाओ लियाङले मुख्य वक्ताको रूपमा आफ्नो विचार राख्दै दुई देशबीचको दीर्घकालीन मैत्री र सहकार्यका विभिन्न पक्षहरूमा प्रकाश पारे।

यसैगरी, चीन-नेपाल मैत्री औद्योगिक पार्क जस्ता महत्वाकांक्षी परियोजनाहरूमा आएका विलम्बहरूलाई उनले एउटा चुनौतीको रूपमा स्वीकार गर्दै यस्ता परियोजनाहरू सफलता पूर्वक कार्यान्वयन गर्न दुवै देशका उद्यमीहरूबीच सकारात्मक अन्तरक्रिया बढाउनुपर्ने आवश्यकता रहेको ठहर गरे।

अर्को वक्ता डा. गाओ लियाङले नेपाल-चीन सहकार्यका लागि सुरक्षा, वातावरण र अन्य देशहरूसँगको प्रतिस्पर्धा महत्त्वपूर्ण रहेकाे बताए। उनले नेपालको चीनका लागि रणनीतिक महत्व केवल सुरक्षा दृष्टिकोणबाट मात्र होइन, बरु क्षेत्रीय विकास र समृद्धिको लागि पनि रहेको व्याख्या गरे।

उनले नेपालको आर्थिक विकासमा चीनको वास्तविक योगदान (जलविद्युत व्यापार जस्ता) लाई उदाहरण दिँदै यसले नेपाललाई आय सृजना गर्न मद्दत गर्ने र ऊर्जा सहयोगलाई बढावा दिने बताए।

लिपुलेक मार्गको प्रसङ्ग

सेमिनारको कार्यक्रम भरिमा लिपुलेक लगायतका नेपाल-चीन सम्बन्धका समकालीन मुद्दाहरूमा पनि चर्चा भयो। लिपुलेक नाकाबाट भारत-चीनबीचको हालैको व्यापार सम्झौताको प्रसङ्ग उठ्दा डा. गाओ लियाङले नेपाल-भारतबीचको संवादमार्फत यो विषय समाधान हुनुपर्ने चाहना रहेको बताए।

उनले भने, “मेरो विचारमा भारत र चीनबीचको सीमा अझै पूर्ण रूपमा निर्धारण भएको छैन । यस प्रकारका सम्झौताहरू अन्तिम समान सीमा निर्धारणको लागि भएको खण्डमा मात्र महत्वपूर्ण हुनेछन्।”

उनले दुवै देशका लागि विविधतापूर्ण बाह्य समृद्धिको विस्तार गर्नु आवश्यक रहेकोमा जोड दिँदै “चीन-नेपाल मैत्री दीर्घकालिन होस्” भन्ने आशा व्यक्त गरे।

सेमिनारको अध्यक्षता अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ डा. लीला न्याइच्याईले गरेकी थिइन्। कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता र विद्यार्थीहरू सहभागी भई नेपाल-चीन सम्बन्धका सात दशकलाई प्रतिबिम्बित गर्दै भविष्यका सम्भावनाहरूमा छलफल गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्