१७ असोज २०८३, शनिबार

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय


अ
अ+
अ-

काठमाडौं, असोज १५ । भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार कार्यलाई अब खोज तथा पुनर्स्थापना (Search & Recovery) को चरणमा अघि बढाउने निर्णय गरिएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले अत्यावश्यक स्थानमा खोजी कार्य भने जारी राख्दै हालका लागि खोज तथा उद्धारबाट खोज तथा पुनर्स्थापनाको चरणमा जान सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।
खोज तथा उद्धारमा खटिएका टोली र जिल्ला सुरक्षा समितिको सिफारिसलाई समेत ध्यानमा राखेर यस्तो निर्णय गरिएको बैठकले जनाएको छ।
बैठकले भोटेकोशी बाढीमा वेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहले सम्बन्धित विवरण प्रमाणित गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने र जिल्ला प्रशासन कार्यालयले पुनः प्रमाणित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मा पठाउने व्यवस्था गर्न भनेको छ।
बाढीमा परी वेपत्ता भएका नागरिकलाई मृतक वा मृतकसरह घोषणा गर्नुपर्ने विषयमा आवश्यक कानुनी संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले काम गरिरहेको बैठकले जनाएको छ।
यसैगरी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सम्भावित सुरक्षित स्थानमा साझेदार संस्थासमेत परिचालन गरी अस्थायी बसोबास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्ने निर्णय भएको छ। यसको नेतृत्व पूर्वाधार विकास मन्त्रालयले गर्नेछ।
बैठकले भोटेकोशी बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्का घटनामा खोज, उद्धार र राहत वितरणमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी संस्था, स्थानीय प्रशासन, सञ्चारकर्मी, स्वयंसेवक, नागरिक समाज तथा आम नागरिकको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिएको छ।
त्यस्तै, स्वदेश तथा विदेशबाट नगद, खोज तथा उद्धार एवं राहत सामग्री उपलब्ध गराउने र खोज तथा उद्धारका लागि विशेषज्ञ टोली पठाउने मित्रराष्ट्रहरूलाई समेत बैठकले धन्यवाद दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्