१० असोज २०८३, शनिबार

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह


अ
अ+
अ-

काठमाडौं, असोज ७। असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको पूर्वतयारीका विषयमा केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र ७७ वटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टबीच छलफल भएको छ।
गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई प्रवाह गर्नुपर्ने सूचना तथा आवश्यकताअनुसार सवारी आवागमन बन्द गर्ने विषयमा छलफल भएको थियो।
छलफलमा गृह मन्त्रालय, मौसम विज्ञान विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका निकायका प्रतिनिधिको सहभागिता थियो। काठमाडौं उपत्यकाबाहेकका जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टका अध्यक्षहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रको अवस्था निरन्तर निगरानी गर्दै आवश्यक सतर्कता र पूर्वतयारीमा रहन आग्रह गरे।
सम्भावित भारी वर्षाबाट बाढी, पहिरो तथा सडक अवरोधलगायतका जोखिम हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई समयमै सूचना प्रवाह गर्ने, आवश्यक परे सुरक्षित स्थानमा सार्ने तथा यातायात आवागमन व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा पनि छलफल भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्