निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि


अ+
अ-

काठमाडौं, जेठ २५ । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा आश्रित परिवारलाई उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा अब प्रदेशका कर्मचारी तथा तिनका परिवारले पनि पाउने भएका छन् ।
भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञप्तिअनुसार
गण्डकी अस्पतालबाट पनि निजामती स्वास्थ्य सेवा सुरु भएको छ। सम्झौतासँगै गण्डकी प्रदेशका निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा आश्रित परिवारले निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा पाउने भएकाे मन्त्रालयले जनाएको छ ।
आज मन्त्रलयले जारी गरेकाे विज्ञप्ति अनुसार सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनुपर्नेछ ।
मन्त्रालयले मधेस प्रदेशका लागि नारायणी अस्पताल, वीरगञ्ज (पर्सा) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनसँग पनि सम्झौता भएको जनाएको छ । उक्त दुवै अस्पतालबाट आजदेखि निजामती कर्मचारी स्वास्थ्य सेवा सञ्चालनमा आएको पनि मन्त्रालयले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे...

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ...

ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम

ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम

ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम...

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए...

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन रोक

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन रोक

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन रोक...

सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्‍यो, हडताल गर्न नपाइने

सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्‍यो, हडताल गर्न नपाइने

सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्‍यो, हडताल गर्न नपाइने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्