सर्लाही, रौतहट र महोत्तरीमा उच्च हावाहुरीको जोखिम : प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडौं, चैत २१ ।सर्लाही, रौतहट र महोत्तरी जिल्ला प्रशासन कार्यालयले तीव्र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन जनसमुदायमा जरुरी सूचना जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको जानकारीअनुसार सो क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चल्ने सम्भावना रहेको छ। यसकारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उड्ने, र विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णदेव रायबाट आज सार्वजनिक गरिएकाे सूचनामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
मेगु पोस्त: नेवाः टाइम्स
ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड
ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...
बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन
बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...
तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह
तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...
एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे
एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...
निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त
निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment