आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


अ+
अ-

काठमाडौं, चैत १६ । जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मौसम बदली भई मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै मधेश प्रदेश सहित कोशी प्रदेशको तराई क्षेत्र, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै आज राति पनि मौसम पूर्णरूपमा सुधार नहुने देखिएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
विभागले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने र कृषिजन्य कार्यमा संलग्न नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै मेघगर्जन र चट्याङका कारण हुन सक्ने जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक...

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ...

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्