१२ असोज २०८३, सोमबार

नेपाल–चीन सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता: प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेट


अ
अ+
अ-

काठमाडौं, फागुन १५ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले आज प्रधानमन्त्री सुशिला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विविध पक्षहरूमा छलफल भएको थियो।

भेटपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। उनले भनिन्, “नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङसँग आज सिंहदरबारमा शिष्टाचार भेट गर्न पाउँदा खुसी लागेको छ। उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामना। साथै, उहाँको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने विश्वास छ।”

त्यस्तै, राजदूत चाङ माओमिङले प्रधानमन्त्री कार्कीसँगको भेटलाई सम्मानको रूपमा लिएको बताउँदै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको जनाए। उनले भने, “सम्माननीय प्रधानमन्त्री श्रीमती सुशिला कार्कीलाई शिष्टाचार भेट गर्न पाएकोमा सम्मानित महसुस गरेको छु। चीन–नेपाल मैत्री तथा सहकार्यप्रति उहाँको दृढ प्रतिबद्धता र मलाई दिनुभएको शुभकामनाप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको समीक्षा गरिएको थियो भने आपसी सहकार्यलाई तीव्र गतिमा अगाडि बढाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा जोड दिइएको थियो। भेटका अवसरमा दुवै पक्षले खुसी व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

यस भेटले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्