१० असोज २०८३, शनिबार

देशभर भारी वर्षाको चेतावनी, ११ गतेसम्मै सतर्कता तह कायम रहने


अ
अ+
अ-

काठमाडौँ, असाेज ५ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन सम्बन्धी विशेष माैसमी बुलेटिन (३) जारी गर्दै आगामी केही दिन देशभर मौसम प्रतिकूल रहने जनाएको छ ।

महाशाखाका अनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यमदेखि मध्यमस्तरको वर्षाको सम्भावना रहेको छ ।

न्यून चापीय क्षेत्रको प्रभाव
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र (Low Pressure Area) हाल बङ्गालको खाडीको मध्य-भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै 'Deep Depression' (बलियो न्यून चापीय क्षेत्र) भई पश्चिम-उत्तरपश्चिम दिशातिर अघि बढ्ने र यसको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम स्तरको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सतर्कता अपनाउन आग्रह
मौसमविद्हरूका अनुसार यस अवधिमा पहिरो, डुबान, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने छ । विशेष गरी पहाडी तथा तराई क्षेत्रमा पहिरो जाने, खोला तथा साना नदीमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

साथै, हालै शनिबार तथा आइतबार भएको वर्षाका कारण भू-क्षय भएका स्थानहरूमा आगामी वर्षाले थप क्षति पुर्याउन सक्ने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्नेहरू उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्