१० असोज २०८३, शनिबार

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल


अ
अ+
अ-

काठमाडौं, असोज २। रसुवा–भोटेकोशी बाढी प्रभावित परिवारको अस्थायी आवास व्यवस्थापन, लाभग्राही पहिचान तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच छलफल भएको छ।
भर्चुअल माध्यमबाट भएको छलफलमा प्रभावित परिवारलाई अस्थायी आवासको व्यवस्था गर्ने, लाभग्राहीको पहिचान गरी सूचना प्रणालीमा विवरण प्रविष्ट गर्ने तथा विकास साझेदार, संघसंस्था र निजी क्षेत्रबाट प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा छलफल भएको हो।
छलफलमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बाढीका कारण क्षति भएका सडक तथा पुलको सम्पर्क सञ्जाल पुनःस्थापना गर्नुपर्ने, सम्पर्कविहीन व्यक्तिका परिवारबाट मृत्यु दर्ता गराउने प्रक्रिया सहज बनाउनुपर्ने तथा प्रभावित बालबालिकाको व्यवस्थापन गर्नुपर्ने विषय उठाएका थिए।
त्यस्तै, बाढी तथा पहिरोका कारण घर पुरिएका ठाउँमा स्थानीयवासीले घर उत्खननको माग गरिरहेको र प्रभावित क्षेत्रमा आवासीय तथा सार्वजनिक पूर्वाधार निर्माण गर्दा कुन ठाउँमा कस्ता संरचना बनाउन मिल्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनीहरुले बताएका थिए।
केन्द्रीय कमाण्ड पोष्टका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्पर्कविहीन व्यक्तिका परिवारबाट मृत्यु दर्तालगायतका विषयमा केन्द्रीय तहमा छलफल भइरहेको जानकारी दिए।
यसैबीच, केन्द्रीय कमाण्ड पोष्टको आज बसेको बैठकले भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु भएका व्यक्तिको पहिचानका लागि शवबाट लिइएका औंलाछापको विद्युतीय प्रति प्रयोग गर्न आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ।
बैठकले शवबाट लिइएका औंलाछापको विद्युतीय प्रति आवश्यकता अनुसार निर्वाचन आयोग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राहदानी विभाग, अध्यागमन विभाग तथा सवारी तथा यातायात व्यवस्था कार्यालयमा रहेका सफ्टवेयरमा भएका विवरणसँग तुलना गर्न सकिने गरी आवश्यक अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन सिफारिस गरेको हो।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि भारत, चीन, दक्षिण कोरियालगायत मित्र राष्ट्रबाट आएका खोज तथा उद्धार टोलीले पुर्‍याएको सहयोग र योगदानको पनि बैठकले उच्च सम्मान गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्