१३ असोज २०८३, मंगलबार

रसुवाको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढायो, सतर्क रहन प्रशासनको आग्रह


अ
अ+
अ-

रसुवा, भदौ १०। रसुवाको भोटेकोशीमा आएको बाढीले बेत्रावती बजार, स्याफ्रुबेसीलगायतका क्षेत्रमा प्रभाव पारेको बताइएको छ। बाढीले केही घरसमेत बगाएको जानकारी आए पनि मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने प्राप्त भइसकेको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो बागमती प्रदेशका हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति पनि बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएको भन्दै नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले बुधबार बिहान सूचना जारी गर्दै त्रिशूली नदीमा आएको बाढीका कारण नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति तत्काल नदीमा नजान र नदी किनारबाट सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। साथै, नदी आसपासका क्षेत्रमा बसोबास गर्ने आम नागरिक, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन भनिएको छ।
प्रशासनका अनुसार कुनै पनि विपद्जन्य घटना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुपर्नेछ।
यसैबीच, धादिङ प्रशासनले आपत्कालीन अवस्थामा नेपाल प्रहरीको हटलाइन १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।
बाढीको बहाव बढिरहेको अवस्थामा नदी किनारमा जाने, बाढी हेर्न भीड लाग्ने वा जोखिमपूर्ण स्थानमा आवतजावत गर्ने कार्य नगर्न प्रशासनले विशेष आग्रह गरेको छ।

यसैबीच, भरखरै विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म राज उप्रेतीले उद्दारकाे सक्दाे प्रयास गर्न थालेकाे बताएका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्