१२ असोज २०८३, सोमबार

आज कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, राति धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने


अ
अ+
अ-

काठमाडौं, असार १५ । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले सोमबार दिनभर र राति पनि अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा रातिका समयमा धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।
विभागले कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ।
यस्तै, आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थान, मधेश प्रदेश तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना विभागले जनाएको छ।
विभागका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका धेरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्ले भारी वर्षा हुने क्षेत्रका नदी–नाला आसपास बसोबास गर्ने नागरिक, यात्रु तथा सम्बन्धित निकायलाई बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।
विभागले आज बिहान ४ः३० बजे जारी गरेकाे सूचनाअनुसार पछिल्लो तीन घण्टामा, लमजुङको भोर्लेटारमा सबै भन्दा बढी ११४ मि.मि. पानी परेको छ । त्यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा पनी भारी पानी परेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा भएको वर्षाको विवरण, तथा मेघगर्जन/चट्याङ्ग भैरहेको क्षेत्र चित्रमा हेर्नुहोला |

विभागका अनुसार अझै थप वर्षा हुने सम्भावना रहेको छ । भोलि र पर्सि (मंगलबार र बुधबार) को लागि त झन विशेष सूचना समेत आइसकेकोले ख्याल गर्न अनुराेध गरेकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्