११ असोज २०८३, आइतबार

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा


अ
अ+
अ-

काठमाडौं, जेठ २४ । भारतको नयाँदिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामबारे व्यापक र फलदायी छलफल भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । भारत भ्रमणमा रहेका मन्त्री खनालले आइतबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारतबीचका सीमासम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताएका हुन् । एक प्रश्नको जवाफमा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएका दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीनसमक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिए।
दुतावासका शुक्रबार सम्पन्न वार्तामा व्यापार तथा आर्थिक सहकार्य, सीमा पार सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदलगायत माध्यमबाट जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा विचार आदानप्रदान भएको थियो। दुवै पक्षले दुई छिमेकी राष्ट्रबीचको दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।
बैठकमा विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्नुका साथै तिनको कार्यान्वयनलाई तीव्रता दिने उपायबारे पनि छलफल भएको जनाइएको छ। यसका अतिरिक्त बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा समेत विचार आदानप्रदान भएको थियो।
वार्तापछि दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धलाई अझ गहिरो र व्यापक बनाउने उद्देश्यसहित तीन महत्वपूर्ण संयुक्त घोषणा गरेका छन्।
घोषणाअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया ( एनपिसिआई) बीच सन् २०२३ जुनमा भएको समझदारीअनुसार व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी ( पिटुपि क्रस बाेर्डर पेमेन्ट ) प्रणाली सञ्चालनमा ल्याइने भएको छ।
त्यस्तै, भारत सरकारको विकास सहयोगमा निर्माण सम्पन्न भएका नेपालका ७२ स्वास्थ्य क्षेत्र र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ।
यसैगरी, काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स तथा भारतको डिजिटल इन्डिया भाषिणी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्ने सम्बन्धमा समझदारीपत्र आदानप्रदान गरिएको छ।
परराष्ट्रमन्त्री खनालकाे याे पहिलाे आैपचारिक भ्रमण हाे ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्