१२ असोज २०८३, सोमबार

विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक

अ
अ+
अ-

काठमाडौँ, जेठ १३ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले विकास गरेको ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको छ । विभागको त्रिपुरेश्वरस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले एपको औपचारिक शुभारम्भ गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले लाखौँ नेपाली विदेशमा बसोबास गरिरहेको तथा वैदेशिक यात्रा र रोजगारीको क्रम निरन्तर बढिरहेकाले कन्सुलर सेवाको आवश्यकता झन् महत्वपूर्ण बन्दै गएको बताए । उनले डिजिटल प्रविधिको उपयोगमार्फत कन्सुलर सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए ।
मोफा मित्र एपमार्फत विदेशमा रहेका नेपाली नागरिक तथा उनीहरूका परिवारले कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याहरू अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् । साथै, आफ्ना निवेदनको अवस्थाबारे समयमै जानकारी प्राप्त गर्ने, प्रगति ट्र्याक गर्न सक्ने तथा सम्बन्धित नेपाली नियोगसँग प्रत्यक्ष सम्पर्क गरी समस्या समाधानका लागि सहकार्य गर्न सक्ने व्यवस्था गरिएको छ ।
उक्त एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ । यद्यपि, विदेशमा रहेर लागूपदार्थ सेवन गरेर अप्ठ्यारोमा परेका, मानसिक रूपमा समस्या भएकाकाे हकमा उक्त एपले कसरी सहयोग गर्न सक्छ भन्ने कुरामा अन्याैल देखिएकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्