श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति
काठमाडौं, वैशाख २५ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी–१ का सांसद हर्कराज राई (हर्क साम्पाङ्)ले संसद छलेर राष्ट्र प्रमुखमार्फत संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्।
एक विज्ञप्तिमार्फत उनले वरियताको क्रम उल्लङ्घन गरी चौथो वरियताका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती भएको आरोप लगाएका छन्। “गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन,” उनले भनेका छन्।
राईले सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेन जेड आन्दोलनजस्ता विषयमा सरकार आफ्नो पक्षमा निर्णय गराउनका लागि यो नियुक्ति दिइएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। नियुक्तिसम्बन्धी बैठकमा MCC, SPP जस्ता विषयको प्रसंग ल्याई दबाब र प्रभाव सिर्जना गरिएको उनको दाबी छ।
आफ्नै पार्टीबाट उपसभामुख भएर गएका व्यक्तिले वरियताको क्रम उल्लङ्घन गरी गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण भएको पनि उनले बताए।
श्रम संस्कृति पार्टीले विधि मिचेर राजनीति अघि बढाउने चलनको सदाका लागि विरोध गर्ने राईले स्पष्ट पारेका छन्।
More from NewaTimes
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment