१० असोज २०८३, शनिबार

"संसद छलेर चल्ने सरकारज्यू"लाई सांसद हर्क साम्पाङ्गकाे खुल्ला पत्र


अ
अ+
अ-

काठमाडौँ, वैशाख २२ । प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाद) ले सरकारलाई खुल्ला पत्र लेख्दै सिमा मिचिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

लेखपत्रमा उनले भारतले लिपुलेक हुँदै कैलाश–मानसरोबर जाने बाटो खोलिरहँदा र महाकाली नदी किनारैकिनार सडक बनाउँदा सरकार मौन बसेको आरोप लगाएका छन्। उनले भनेका छन्, "अब सो बाटो निर्माण सम्पन्न भई नाका सञ्चालनको चरणमा पुगिसकेको यो बेला एउटा कूटनीतिक नोट मात्र पठाएर सरकारी औपचारिकता पूरा हुँदैन।"

सांसद राईले भारत, चीन, नेपाल र संयुक्त राष्ट्र संघलाई राखेर चारपक्षीय वार्ता गर्न, नेपाली सेनालाई सीमानामै खटाउन, र सरकारले मन्त्रीका ढोका खोल्ने पाले होइन सिमा रक्षकका रूपमा सेना प्रयोग गर्न माग गरेका छन्।

यस्तै, विपद् व्यवस्थापनका लागि रौशी खोलालगायत बाढीले भत्काएका बाटो खोल्न र सुकुम्बासी बस्तीमा खटाइएको डोजर सीमामा पठाउन समेत उनले आग्रह गरेका छन्। “सीमानामा सेना नभएकै कारण सीमा मिचिएको छ,” उनको भनाइ छ।

राईले बजेट निर्माणका क्रममा सबै पार्टीका सांसदको राय समेटेर क्षेत्रगत समस्या सम्बोधन गर्न, र राज्यको ढुकुटी आफ्नो मात्र नठान्न पनि चेतावनी दिएका छन्। अन्त्यमा उनले भनेका छन्, "पत्रकार सम्मेलन गरेर जनतालाई उत्तर दिनुहोला। अन्यथा म यसरी नै ठुँगिरहने छु।"
उनले " संसद छलेर चल्ने सरकार ज्यू" भनेर सम्वाेधन गरिएकाे खुल्ला पत्र सामाजिक सञ्जालमा सार्वजनिक चासोको विषय बनेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्