काठमाडौं, वैशाख १२ । काठमाडौं महानगरपालिकाले अव्यवस्थित बस्ती व्यवस्थापनअन्तर्गत थापाथलीस्थित वागमती नदी किनाराका घरटहरा पूर्णरूपमा भत्काइसकेको जनाएको छ। महानगरका अनुसार दिउँसो २ बजेसम्म सो क्षेत्रबाट २५ जना घरबारविहीन भएको विवरण टिपाइएको छ।
उनीहरूमध्ये ७ परिवारका ८ पुरुष, १२ महिला र ५ बालबालिकालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा लगिएको छ भने एक सुत्केरीलाई कोटेश्वर पुर्याइएको छ। सिनामंगल गैरीगाउँमा टहरा भत्काउने क्रममा ३ परिवारले घरबारविहीन भएको विवरण टिपाएको र दुई अस्वस्थ बालकलाई अस्पताल पुर्याइएको महानगरले उल्लेख गरेको छ।
यसैगरी, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार मनोहरा क्षेत्रको नदी किनारामा संरचना बनाएर बस्नेमध्ये करिब ८० प्रतिशत बासिन्दा आफ्नो सामानसहित बस्ती छाडिसकेका छन्। बाँकी रहेका परिवारले पनि सामान ओसार्ने कार्य जारी राखेको उनले जानकारी दिए। यस बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए।
विस्थापितका सामान ओसार्न महानगरपालिकाका १२ ठुला र ४ साना गाडी प्रयोग भएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment