१३ असोज २०८३, मंगलबार

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, नेपाल आयल निगम अझै घाटामा


अ
अ+
अ-

काठमाडौं, चैत १९ । नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको तथा भारतीय आपूर्तिकर्ताबाट उच्च मूल्यमा खरिद गर्नुपरेको कारण देखाउँदै नयाँ मूल्य समायोजन गरेको जनाएको छ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पछिल्ला महिनादेखि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदै आएको छ। सोही अनुसार इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो।
नयाँ व्यवस्था अनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ १५ पैसा र डिजेल/मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ १५ पैसा वृद्धि गरिएको छ। यो मूल्य २०८२ चैत २० गते बिहान १ बजेबाट लागू भएको निगमले जनाएको छ।
समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १७५ रुपैयाँ ५० पैसा, १७७ रुपैयाँ र १७८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
निगमका अनुसार मूल्य वृद्धि भए पनि अझै पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा र डिजेलमा प्रतिलिटर ० रुपैयाँ १४ पैसा घाटा रहेको छ। हवाई इन्धन र एलपी ग्यासमा भइरहेको घाटासहित निगमको कुल मासिक घाटा करिब १९ अर्ब ५७ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा आएको असामान्य मूल्यवृद्धिका कारण यस्तो अवस्था आएको उल्लेख गर्दै उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्