१२ असोज २०८३, सोमबार

चुनाव नसक्दै बालेन्द्र प्रतिनिधि सभा सदस्य ?


अ
अ+
अ-
⠿ drag

काठमाडौं, फागुन २१ । प्रतिनिधि सभाको निर्वाचन आज हुँदै गर्दा निर्वाचन आयोगकै पत्रमा देखिएको एक त्रुटिले चर्चा पाएको छ। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई उम्मेदवार हुँदाहुँदै “प्रतिनिधि सभा सदस्य” भनेर उल्लेख गरेको पाइएको हो।

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय, वनस्थली काठमाडौंलाई पठाएको पत्रमा यस्तो त्रुटि देखिएको हो। आयोगको पत्रमा बालेन्द्र शाहलाई “प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ५ झापा”का उम्मेदवारको रूपमा उल्लेख गर्दै हेलिकप्टर प्रयोगको अनुमति दिएको उल्लेख छ। तर सोही पत्रको अर्को भागमा भने उनलाई “प्रतिनिधि सभा सदस्य” भनेर लेखिएको देखिन्छ।

आयोगले पठाएको पत्रमा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार शाहलाई काठमाडौंदेखि झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति दिइएको जानकारी दिइएको छ। साथै सो क्रममा लाग्ने खर्चको छुट्टै अभिलेख राखी आयोगले मागेका बेला उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न पनि भनिएको छ।

तर प्रतिनिधि सभाको निर्वाचन आज मात्र हुँदै गर्दा आयोगकै आधिकारिक पत्रमा उम्मेदवारलाई “प्रतिनिधि सभा सदस्य” भनेर उल्लेख गरिएको विषयले प्रश्न उठाएको छ। निर्वाचनअघि नै आयोगको पत्रमा यस्तो शब्द प्रयोग हुनु प्रशासनिक लापरबाही भएको टिप्पणी गरिएको छ।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार उक्त पत्रमा प्रयोग भएको शब्द सम्भवतः त्रुटिवश उल्लेख भएको हुनसक्ने बताइए पनि औपचारिक स्पष्टीकरण भने सार्वजनिक भएको छैन।

यसैबीच प्रतिनिधि सभाको मतदान प्रक्रिया आज देशभर सञ्चालन हुँदैछ। निर्वाचनको नतिजा नआउँदासम्म उम्मेदवारहरूलाई औपचारिक रूपमा ‘सदस्य’ मानिँदैन। यस्तो अवस्थामा आयोगकै पत्रमा गरिएको शब्द प्रयोगले निर्वाचन व्यवस्थापनप्रति थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्