१२ असोज २०८३, सोमबार

आज सम्पन्न हुँदैछ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२


अ
अ+
अ-

काठमाडौं, फागुन २१ । जेन जेड आन्दोलन पछि सिर्जित विशेष परिस्थितिका कारण आज बिहान ७ बजेबाट साँझ ५ बजे सम्मका लागि नेपालभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान शुरू भएकाे छ।
यस निर्वाचनलाई निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको आयोगले जनाएको छ। मुलुकका ७७ वटै जिल्लामा एकै चरणमा मतदान हुनेछ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थान गरि २ सय ७५ सिटका लागि निर्वाचन हुँदैछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३ सय ६३ पुरुष र एक हजार ७ सय ७२ महिला गरी तीन हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, एक हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको छ ।
यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।

नेपालको संघीय संरचनाअन्तर्गत प्रतिनिधि सभामा २७५ सिट छन् — जसमा १६५ सिट प्रत्यक्ष (FPTP) प्रणाली मार्फत र ११० सिट समानुपातिक (PR) प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था छ।

समग्रमा आजको मतदानमा करिब ६,५४१ भन्दा बढी उम्मेदवारहरू प्रतिनिधि सभाको २७५ सिटका लागि प्रतिस्पर्धा गरिरहेका छन् — प्रत्यक्ष तथा समानुपातिक दुवै प्रकारका उम्मेदवारीलाई जोडेर यो संख्या आएको हो।

निर्वाचन आयोगले शासकीय निकाय, सुरक्षा संस्था तथा सामाजिक संयन्त्रहरूसँग संयुक्त रूपमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण मतदान सुनिश्चित गरिरहेको छ। मतदातालाई मतदान केन्द्रमा आफ्नो राष्ट्रिय परिचयपत्र, नागरिकता वा मान्य पहिचान दस्तावेज लिनु अनिवार्य छ ।

यस निर्वाचनमा युवा वर्गको सहभागिताले पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ, किनभने १८ देखि ४० वर्ष उमेर समूहमध्ये करिब ५२ प्रतिशत मतदाता छन्, जसले आगामी नयाँ सरकारको दिशा निर्धारणमा ठूलो प्रभाव पार्नेछ।

आजको मतदानले नेपालका विविध सामाजिक र भौगोलिक पृष्ठभूमिबाट प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन गर्नेछ — प्रत्यक्ष र समानुपातिक दुवै प्रणालिबाट निर्वाचित हुने प्रतिनिधिहरूले संघीय सरकारले आगामी कार्यकालका लागि नेतृत्वात्मक भूमिका निर्वाह गर्नेछन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्