११ असोज २०८३, आइतबार

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र


अ
अ+
अ-

काठमाडौं, भदाै १७ । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। बुधबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप ३४ जनाको उद्धार गरेको छ। यससँगै हवाई माध्यमबाट उद्धार गरिएकाको संख्या ३ हजार ९२५ पुगेको छ। उद्धार गरिएकामध्ये २७३ जना विदेशी नागरिक छन्।
नेपाली सेनाका अनुसार रसुवागढी, लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, त्रिशूली–३ए र त्रिशूली–३बी जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा संयुक्त टोली परिचालन गरी खोजी कार्य भइरहेको छ।
रसुवागढी हाइड्रोमा २७५ मिटरभित्र खोजी
रसुवागढी हाइड्रोपावरको सुरुङमा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको टोली २७५ मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। उद्धार कार्यलाई थप तीव्र बनाउन हेभी मेसिन तथा एक्साभेटर सुरुङ क्षेत्रमा पुर्‍याउने तयारी भइरहेको सेनाले जनाएको छ।
लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ।
चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन तथा विदेशी उद्धारकर्मीसहितको संयुक्त टोली करिब १५० मिटरभित्र पुगेको छ। सुरुङ बन्द अवस्थामा भेटिएपछि साउन्ड डिटेक्टरमार्फत निगरानी गर्ने कार्य भइरहेको छ।
अपर त्रिशूली–१ र हाकु बेसीमा पनि खोजी जारी
अपर त्रिशूली–१ को सुरुङको मुख ढुंगाले छेकिएको अवस्थामा रहेकाले टोलीले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। हाकु बेसी क्षेत्रमा विदेशी उद्धारकर्मीसहितको संयुक्त टोली २६० मिटरसम्म भित्र पुगेर खोजी गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।
हाकु बेसीको मेन टनेलमा २५ मिटर, एक्सेस टनेल–१ बाट करिब १५० मिटर र एक्सेस टनेल–२ बाट करिब २० मिटर अगाडि बढेपछि २६ मिटर पानी रहेको डिसेन्डर बेसिनसम्म पुगेको र त्यसको अगाडिको भाग बन्द अवस्थामा रहेको सेनाको अपडेटमा उल्लेख छ।
त्रिशूली–३ए मा ब्लास्टिङ र मेसिनबाट अवरोध हटाउने काम
त्रिशूली–३ए मा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले चारवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाइरहेको छ।
कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङमार्फत अवरोध हटाउने काम भइरहेको छ। टनेलको आउटलेटमा लेदो भरिएका कारण बबक्याटबाट माटो हटाउने काम भइरहेको र अगाडि रहेको चट्टान ब्लास्टिङ गर्ने कार्य जारी रहेको सेनाले जनाएको छ।
त्रिशूली–३बी मा नेपाली सेनाका ६१, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरी बबक्याटको सहयोगमा कार्यालय तथा क्याम्प क्षेत्रमा खोजी गरिरहेको छ।
९ हजार २०० भन्दा बढी सैनिक प्रभावित क्षेत्रमा परिचालन
नेपाली सेनाले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरेको जनाएको छ।
सैनिक टोलीले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन, राहत सामग्री ढुवानी तथा आपत्कालीन उपचारका काम गरिरहेको छ।
प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्तीसमेत सञ्चालन गरी स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउने र चिकित्सक तथा स्वास्थ्य अधिकृतसहित स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ।
त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा पनि खोज तथा उद्धार जारी छ।
टिमुरेमा भेटिएका शव त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसन
रसुवाको टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसन सुरु गरिएको छ। यसबाट दुर्गम तथा सडक सम्पर्क अवरुद्ध भएका क्षेत्रबाट शवलाई सुरक्षित रूपमा अन्यत्र ल्याउन सहयोग पुग्ने सेनाले जनाएको छ।
विभिन्न प्रभावित क्षेत्रमा निसंक्रमण
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम कम गर्न नेपाली सेनाले निसंक्रमणको कामसमेत अघि बढाएको छ।
रसुवाको धुन्चे तथा रेड पाण्डा क्षेत्र, नुवाकोटको सैन्य तालिम केन्द्र र त्रिशूली, चितवनको देवघाट, धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र तथा शव फेला परेका स्थान, कास्कीको याम्दी–बाटुलीचौर र तनहुँको व्यास–५ चैनपुरमा निसंक्रमणको काम भइरहेको छ।
त्यस्तै, नवलपरासी पश्चिमको पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल नगरपालिका–४ तथा मुलपानी सामुदायिक वनलगायत शव व्यवस्थापन गरिएका स्थानमा पनि निसंक्रमण भइरहेको सेनाले जनाएको छ।
बाँकी प्रभावित क्षेत्रमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा निसंक्रमणको काम अघि बढाउने तयारी भइरहेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्