१२ असोज २०८३, सोमबार

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला


अ
अ+
अ-

काठमाडौं, भदौ १२ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी बाढीसम्बन्धी आज बिहान ८:३० बजेसम्मको विवरण सार्वजनिक गरेको छ। बाढीमा परी हालसम्म ९७७ जना सम्पर्कविहीन रहेका छन् भने ४६९ शव फेला परेका छन्।

मानवीय क्षति
विवरणअनुसार सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाल सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ र विभिन्न स्थानका नागरिक रहेका छन्। त्यस्तै ५१७ विदेशी नागरिक पनि सम्पर्कविहीन छन्।

यस्तै, शव फेला पर्नेमा रसुवामा १६१, मकवानपुरमा ६६, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १७८ जना रहेका छन्। घाइतेको संख्या ७३ रहेको छ।

खोज तथा उद्धार
उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार २५०, नेपाल सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ८४५ जना खटिएका छन्। हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाको ६ र निजी ९ गरी १५ हेलिकप्टर उद्धारमा खटिएका छन्।

राहत
सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद उपलब्ध गराएको छ। १० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने थप २० ट्रक सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पनि पठाइएको छ।

इन्धन
नुवाकोटमा ४१ हजार लिटर डिजल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ भने ९ हजार लिटर हवाई इन्धन रहेको छ। थप आवश्यकता परे इन्धन पठाउन तयार रहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन विदेशी नागरिक, उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएकाहरूको विवरण प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा उपलब्ध छ।

डिपिनेटका पूर्व अध्यक्ष राजु थापाका अनुसार
बिदुर १ (ढुंगे) र ५ (देबीघाट) मा बेपत्ता व्यक्तिको खोजी, शव निकाल्ने, हिलो तथा भग्नावशेष हटाउने र राहत सहयोगका कार्यहरु भइरहेको छ ।
ठूलो मात्रामा हिलो र भग्नावशेष घर तथा बस्तीभित्र थुप्रिएको हुदा बेपत्ता व्यक्ति त्यसमुनि हुन सक्ने भएकाले धेरै स्थानमा मेसिनभन्दा हातैले सावधानीपूर्वक हटाउनुपर्ने अवस्था देखिएको छ ।
मृत पशु पन्छी तत्काल ब्यवस्थापन नगरे, रोग ब्याधी फैलने अबस्था रहेको छ ।
सुरक्षा निकाय र स्थानीय तह सक्रिय भए पनि पर्याप्त जनशक्ति नहुँदा खोजी, शव निकाल्ने र सरसफाइ कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
हिलो हटाउने, सामान सार्ने, सरसफाइ तथा अन्य गैर–प्राविधिक काममा सुरक्षा निकायलाई सहयोग गर्न थप स्वयंसेवक आवश्यक देखिन्छ ।
डिपिनेटका पूर्व अध्यक्ष राजु थापाका अनुसार बाढी आउन सक्ने सूचना आएपछि उद्धार तथा खोजी टोली, सर्बसाधरण तथा रमितेको पटक पटक भागाभाग हुने गरेको र सवारी जाम भइ साच्चिकै बाढि आएमा जोखिम हुने अबस्था रहेको छ ।
बिजुली नहुँदा पानी तान्ने प्रणाली बन्द भएको, शौचालय सञ्चालनमा समस्या आएको र कतिपय स्थानमा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको छ ।
देविघाट आयुर्वेदिक अस्पताल अस्थायी आश्रयस्थलसमेत बनेको छ । बिजुली र पानी नहुँदा प्रयोगशाला सेवा तथा सरसफाइसम्बन्धी समस्या रहेको पाइयो । अत्यावश्कीय साधन जस्तै अक्सिजनको समेत अभाव भएको पाइयो ।
बिजुली र मोबाइल सञ्चार अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न कठिनाइ भएको तथा परिवार, उद्धार टोली र प्रभावित समुदायबीच सम्पर्कमा बाधा परेको अबस्था छ ।
प्रभावित परिवारले लुगा, ओछ्यान, म्याट्रेस, खाना पकाउने सामग्री, औषधि, नगद तथा महत्वपूर्ण कागजात गुमाएकोले उनीहरू त्यो ब्यवस्थापन गर्न थप तनाव हुने गरेको छ ।
परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका परिवार तथा बालबालिकामा गम्भीर शोक र मानसिक आघात देखिएकाले तत्काल मनोसामाजिक सहयोग आवश्यक रहेको पाइएको छ ।
आजबाट संघ संस्थाले राहत बितरणलाई प्राथमिकता दिएका छन् ।

फाेटाे: राजु थापा

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्