११ असोज २०८३, आइतबार

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा


अ
अ+
अ-

काठमाडौं, भदाै ९ । यस वर्षको मनसुन सुरु भएयता ६० दिनको अवधिमा देशभर सरदरको तुलनामा कम वर्षा भएको छ। जल तथा मौसमसम्बन्धी विवरणअनुसार असार ५ गतेदेखि भदौ १ गतेसम्म देशभर ७४६.८ मिलिमिटर वर्षा मापन भएको छ।
उक्त अवधिमा सामान्यतया ८३०.६ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको ८९.९ प्रतिशत मात्रै वर्षा भएको हो। यस हिसाबले ६० दिनको अवधिमा सरदरभन्दा करिब ८३.८ मिलिमिटर कम वर्षा भएको देखिन्छ।
देशभरका १२६ वटा वर्षा मापन केन्द्रबाट संकलन गरिएको तथ्यांकका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो।
मनसुन अवधिको वर्षाको यो तथ्यांकले समग्रमा वर्षा सरदरभन्दा केही कम रहेको देखाए पनि विभिन्न स्थानमा वर्षाको वितरण भने समान नरहेको मौसमविद्हरूले बताउँदै आएका छन्। कतिपय क्षेत्रमा छोटो समयमा ठूलो वर्षा हुँदा बाढी, पहिरो तथा डुबानजस्ता विपद्का घटना हुने गरेका छन् भने केही क्षेत्रमा अपेक्षाकृत कम वर्षा हुँदा पानीको उपलब्धतामा असर पर्न सक्छ।
मनसुन अझै सक्रिय रहने भएकाले आगामी दिनमा हुने वर्षा र त्यसको भौगोलिक वितरणले कुल मनसुनी वर्षाको अवस्थालाई थप प्रभावित गर्नेछ।

माैसमविद् उज्ज्वल उपाध्यायले प्रशान्त महासागरको सतहको पानी तात्दै विकसित भइरहेको एल नीनाे २०२६ निकै तीव्र गतिमा बलियो हुँदै गएकोले
नेपालमा पनि यसको संकेत सोचनीय रहेकाे उल्लेख गरेका छन्। उनका अनुसार यस वर्ष अहिलेसम्मको मनसुन वर्षा देशभर औसतको करिब ८८ प्रतिशत रहेको छ, तर मधेश (८१.९प्रतिशत ) र कोशीको तराई क्षेत्र (७६प्रतिशत) मा वर्षाको कमी अझ स्पष्ट देखिएको छ। आउने हप्ताहरूमा यसको अर्थ लामो वर्षारहित दिनहरु, असमान र अनियमित वर्षा, खण्डव्रिष्टि, बढ्दो तापक्रम, सिँचाइ तथा पानीमा दबाब र धानलगायत बालीमा "माेइश्चर स्ट्रेश" बढ्न सक्नु हो।
माैसमविद् उपाध्यायका अनुसार "विशेषगरी भाद्र-आश्विन महिनामा हुने वर्षा कमजोर भयो भने कृषि उत्पादन, जलस्रोत र खाद्य सुरक्षामा थप दबाब पर्न सक्छ। एल नीनाे भनेको नेपालभर ठुलो खडेरी नै पर्छ भन्ने होइन। समग्र वर्षा कम भएपनि छोटो समयमा अत्यधिक वर्षा भएर अकस्मात बाढी, पहिरो जस्ता घटना हुन सक्छन्। त्यसैले अहिलेको मुख्य चिन्ता केवल “कम वर्षा” होइन, बरु वर्षाको बढ्दो अनिश्चितता, लामो सुक्खा र अचानक अत्यधिक वर्षा हो।"
अबको सम्भावनाः औषतभन्दा बढ़ि तापक्रम, अनियमित वर्षा, भाद्रमहिनामा वर्षा अझै न्यून हुनसक्ने र मन्सूनको उत्तरार्धमा धानलाई आवश्यक वर्षा हुन सक्ने उपाध्यायकाे आंकलन छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्