१० असोज २०८३, शनिबार

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध


अ
अ+
अ-

काठमाडौं, भदाै ३। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी तथा व्यवसायीसँगको हालैको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्र जारी गर्दै स्थानीय सीप, उद्यम र उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यले संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको हो।
कार्यालयले सरकारी निकायले स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा सम्भव भएसम्म नेपाली उत्पादनलाई अनिवार्य रूपमा प्राथमिकता दिनुपर्ने जनाएको छ। त्यस्तै, सरकारी बैठक, समारोह तथा विभिन्न अवसरमा प्रदान गरिने कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि अनुरोध गरिएको छ।
पत्रमा सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा स्वदेशी वस्तु तथा सेवाको प्राथमिकता स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ। स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी व्यवस्थाको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधानसमेत पत्रमा समेटिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सरकारी निकायको खरिद प्रणालीमार्फत स्वदेशी उत्पादनको बजार विस्तार गर्न सके स्थानीय उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन पुग्नुका साथै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आयातमा निर्भरता घटाउन सहयोग पुग्नेछ।
प्रधानमन्त्रीको सचिवालयले स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई सरकारी निकायबाटै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्