१२ असोज २०८३, सोमबार

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ


अ
अ+
अ-

काठमाडौं, साउन १० । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र ह्वाट्सएप समूहमा सार्वजनिक गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बस्ने ३२ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार साउन ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ (अर्गनाइजेसनल बिहेभियर) विषयको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो। प्रश्नपत्र सार्वजनिक हुँदा परीक्षाको गोपनीयता भङ्ग भएको भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको जनाएको छ।
अनुसन्धानका क्रममा सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै सञ्चालनमा रहेकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। प्रश्नपत्र सार्वजनिक गर्ने वा त्यस्तो कार्यमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि ब्युरोले दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्