काठमाडौं, असार १८ । सरकारले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।
मन्त्रालयले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने सरकारको अभियानअन्तर्गत लालपुर्जा वितरण गरिएको जनाएको छ। यसबाट लाभग्राही परिवारले आफ्नो जग्गामाथि कानुनी स्वामित्व प्राप्त गर्नुका साथै विभिन्न सरकारी सेवा तथा वित्तीय सुविधामा समेत सहज पहुँच पाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने अभियानलाई देशका विभिन्न जिल्लामा निरन्तर अघि बढाइनेछ।
अन्य लेखहरू: नेवाः टाइम्स
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ
अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता
साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता
युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment