११ असोज २०८३, आइतबार

माैसम विभागकाे हावाहुरी सम्बन्धी चेतावनी

अ
अ+
अ-

काठमाडौं, जेठ १५ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाे जनाएको छ।
महाशाखाका अनुसार हावाहुरी सहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य र पश्चिम तराईका गरी २१ जिल्लामा हावाहुरीको चेतावनी दिएको हाे।

महाशाखाले फेसबुक पेजमार्फत् शुक्रबार राति तराई तथा भित्री मधेसका जिल्लामा समेत हावाहुरीको चेतावनी दिएको हो।

तराईका २१ जिल्लामा चेतावनी नै दिइएको छ र सतर्क रहन भनिएको छ। पहाडी तथा भित्री मधेसमा भने अद्यावधिक रहन भनिएको छ।

महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा जिल्लालाई चेतावनी दिइएको छ।

‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ। नक्सामा सुन्तला रङ लगाइएको तराई क्षेत्रका बासिन्दाले सतर्क रहनु होला। पहेंलो रङ लगाइएको पहाडी क्षेत्रका बासिन्दाले मौसमबारे जानकारी लिदै गर्नुहोला,’ विभागले सूचनामार्फत भनेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्