११ असोज २०८३, आइतबार

शपथसँगै नयाँ मन्त्रिपरिषद् गठन, प्रधानमन्त्री बहु मन्त्रालयको जिम्मेवारी सम्हाल्दै


अ
अ+
अ-

काठमाडौं, चैत १३ ।बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शितल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन्।

शपथ समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्वप्रधानमन्त्रीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराई, खिलराज रेग्मी समारोहमा सहभागी थिए। यद्यपि केपी शर्मा ओेलीको भने उपस्थिति थिएन।

यसैबीच उद्योग मन्त्रीका लागि प्रस्तावित अमरेश सिंहले अन्तिम समयमा जिम्मेवारी अस्वीकार गरेपछि उनको शपथ तत्कालका लागि स्थगित गरिएको छ।

नयाँ मन्त्रिपरिषद् गठनसँगै मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रक्षा र उद्योग, वाणिज्य मन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका छन्। अर्थ मन्त्रालय स्वर्णिम वाग्लेलाई, गृह मन्त्रालय सुदन गुरुङलाई तथा परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिइएको छ।

त्यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडगराज पौडेल, शिक्षा तथा युवा–खेलकुद मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय निशा महेता, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विक्रम तिमल्सेना र संघीय मामिला तथा भूमि व्यवस्थासहितका मन्त्रालयहरू प्रतिभा रावललाई जिम्मा दिइएको छ।
यस्तै, कानुन मन्त्रालय सोविता गौतम, कृषि तथा वन मन्त्रालय गीता चौधरी, श्रम मन्त्रालय दीपककुमार साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादीलाई प्रदान गरिएको छ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलेले आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त भएको घोषणा गर्दै चुनौतीपूर्ण परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताइन्। उनले नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्दा आफू आशावादी र निश्चिन्त रहेको उल्लेख गरिन्।

कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेकोमा सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भएकाेमा खुशी व्यक्त गर्दै उनले लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको उल्लेख गरेकि छन्।

यसै बीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहणको हार्दिक बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले शाहको नियुक्तिलाई नेपाली जनताको विश्वासको प्रतिबिम्बको रूपमा चित्रण गर्दै, दुई देशबीचको मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउन सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो बधाई सन्देशमा उनले भनेका छन्, “तपाईंको नियुक्तिले नेपाली जनताको तपाईंप्रतिको विश्वासलाई झल्काउँदछ। हाम्रा दुई जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउन म तपाईंसँग निकट रूपमा काम गर्ने अग्रसरता लिन्छु।”

यस्तै, नेपालका लागि चीनको राजदूतावासले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहणको हार्दिक शुभकामना व्यक्त गरेको छ।

राजदूतावासले सामाजिक सञ्जाल मार्फत् जारी गरेको सन्देशमा चीनले नेपालको नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई थप सुदृढ बनाउन तयार रहेको उल्लेख गरेको छ।

सन्देशमा भनिएको छ, “चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहणको शुभकामना दिन्छ र नेपालको नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई थप सुदृढ बनाउन तयार छ।”

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्