१२ असोज २०८३, सोमबार

विश्व वरियतामा त्रिभुवन विश्वविद्यालयको उल्लेखनीय सुधार, विषयगत वरियतामा चिकित्साशास्त्र ६०१ औं स्थानमा


अ
अ+
अ-

काठमाडौं, फागुन १३ । त्रिभुवन विश्वविद्यालयको विश्व विश्वविद्यालय वरियतामा उल्लेख्य सुधार भएको छ। विश्व वरियतामा थप स्तरोन्नति हासिल गर्न त्रिविले गरेका प्रयास र रणनीतिबारे जानकारी गराउन आज पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।

त्रिभुवन विश्वविद्यालयले ‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्याङ्किङ को वरियतामा त्रिवि ९१९ औं स्थानमा रहेको छ भने ‘सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्याङ्किङ’ मा १६५७ औं स्थान प्राप्त गरेको छ। सीडब्लूयूआरको तथ्यांक अनुसार त्रिवि विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयमा पर्न सफल भएको छ, जुन गत वर्षको ८.३ प्रतिशत भन्दा सुधार हो।

पत्रकार भेटघाट कार्यक्रममा त्रिविका उपकुलपति प्रा. डा. दिपक अर्यालले विश्व वरियतामा थप सुधार गर्न अनुसन्धानमा लगानी बढाउने, उद्धरण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने, शिक्षण वातावरणलाई आधुनिकीकरण गर्ने, उद्योगसँगको सहकार्य बढाउने र डिजिटल उपस्थितिलाई मजबुत बनाउने बताए।

त्रिविको विषयगत वरियताको अवस्था उत्साहजनक रहेको जानकारी गराउँदै उपकुलपति अर्यालले विशेषगरी चिकित्साशास्त्र -मेडिसिन एन्ड हेल्थ) तर्फ त्रिवि विश्वका ६०१ औं स्थानमा रहेको बताए। यो उपलब्धिले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षा सम्भव रहेको प्रमाणित गरेको छ। यो वरियता भारतका आधा दर्जन विश्वविद्यालयबाहेक अन्य भन्दा उत्कृष्ट रहेको त्रिविले जनाएको छ।

विश्व वरियताका लागि गठित समितिका संयोजक तथा भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. नारायण प्रसाद अधिकारीले विभिन्न अन्तर्राष्ट्रिय निकायले फरक-फरक मापदण्ड अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक पर्ने गरेको बताए। ‘टीएचईले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई मापदण्ड मानेको छ भने यूएस न्यूजले अनुसन्धान प्रतिष्ठा, प्रकाशन र उद्धरण प्रभावलाई हेर्छ,’ उनले भने, ‘यस्ता विविध मापदण्डले त्रिविको बहुआयामिक क्षमताको मूल्यांकन गर्न र सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुर्याएको छ।’

त्रिविका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले विश्वविद्यालयको वैश्विक छवि र वरियतामा प्रगति भइरहेको बताउँदै विद्यार्थी संख्या निरन्तर बढिरहेको र उच्च शिक्षाका समग्र सुधारमा विश्वविद्यालय प्रयत्नशील रहेको जानकारी दिए। कतिपयले विश्वविद्यालयका सन्दर्भमा गलत भाष्य बनाउने गरेकोप्रति उनले चिन्ता व्यक्त गरे।

यसैगरी त्रिविका रजिष्ट्रार प्रा. डा. केदार प्रसाद रिजालले त्रिभुवन विश्वविद्यालय भन्दा कम वरियताका विदेशी विश्वविद्यालय अध्ययन गर्न नेपाली विद्यार्थी विदेशिने क्रम बढेको बताउँदै सरकारले त्यस्ता विश्वविद्यालयका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) बन्द गर्नुपर्ने धारणा राखे।

त्रिविले विश्वविद्यालयको मूल्यांकन विद्यार्थी संख्याबाट मात्र नभई गुणस्तरीय अनुसन्धान, शिक्षण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र समाजमा पुर्याएको प्रभावबाट निर्धारण गर्ने लक्ष्य राखेको छ। पर्याप्त लगानी, रणनीतिक योजना र अन्तर्राष्ट्रिय सहकार्यमा थप बढावा दिई आगामी वर्षहरूमा विश्वका प्रतिष्ठित विश्वविद्यालयको सूचीमा गरिमामय स्थान हासिल गर्ने लक्ष्य रहेको उपकुलपति अर्यालले बताए।

उनका अनुसार अनुसन्धानको गुणस्तर, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र पूर्वाधारमा थप सुधार आवश्यक रहेको महसुस गर्दै निरन्तर परिमार्जन र गुणस्तर केन्द्रित हुने प्रतिबद्धता त्रिविले पत्रकार भेटघाट मार्फत जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्