१२ असोज २०८३, सोमबार

एउटा नेपालीको अर्को नेपालीलाई वैरी ठान्ने अवांछित संस्कृतिलाई हामीले बल दियौं: पूर्वराजा ज्ञानेन्द्र


अ
अ+
अ-

काठमाडौं, फागुन ७। पूर्वराजा ज्ञानेन्द्र शाहले २००७ साल फागुन ७ गते राजा र प्रजा मिलेर प्रजातन्त्र स्थापना गरेको आजकाे दिन स्मरण गर्दै उनले हालको देशकाे अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। ७५ वर्ष अघि वहाली भएकाे प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको नाममा हिजाे शुभकामना सन्देश जारी गरेका हुन्।

सन्देशमा पूर्वराजा शाहले राष्ट्रपिता श्री ५ त्रिभुवन, ज्ञात-अज्ञात सहिदहरू र प्रजातन्त्रका लागि क्रियाशील सबै पात्रहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, झापा बसाइपश्चात् राजधानी फर्कदा स्वागतमा उभिने उपत्यकावासीप्रति आभार व्यक्त गर्दै त्यसले "आफूमा दायित्वबोधको प्रेरणा थपेको" उल्लेख गरेका छन्।

पूर्वराजाले वर्तमान अवस्थामा मुलुक अस्वाभाविक छटपटीको घुम्तिमा फसेको र देशको अस्मिता तथा अस्तित्व नै संकटमा परेको महसुस भएको बताएका छन्। विगतमा भएका विभिन्न आन्दोलन र परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्ने आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।

हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीको अर्को नेपालीलाई वैरी ठान्ने अवांछित संस्कृतिलाई हामीले बल दियौं,’ उनले भनेका छन्, ‘जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ।’

उनले परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णविराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवर्तन गर्न आग्रह गरेका छन्। आगामी निर्वाचनका सन्दर्भमा पूर्वराजाले राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने बताएका छन्। ‘निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो,’ उनले भनेका छन्।

उनले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाएकोप्रति चिन्ता व्यक्त गर्दै ‘आलोपालो भाग लगाएर खाऊ’ भन्ने सोचले नभई मिलेर काम गर्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिने धारणा राखेका छन्। पूर्वराजा शाहले नेपालको धरातलीय यथार्थ सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो परिणाम दिने भन्दै विश्वका राम्रा पक्षहरू टिपेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

सधैं जसाे सन्देशको अन्त्यमा "श्री पशुपतिनाथले सबैको कल्याण गरून्" भन्दै सन्देशकाे समापन गर्ने पूर्व राजाले अघिल्लो सन्देशमा भने "श्री गाेरखनाथलाई" पुकारेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्