१२ असोज २०८३, सोमबार

मन्त्री छाेडेर चुनाव लड्न गएकाकाे प्रधानमन्त्रीबाट बचाउ


अ
अ+
अ-

काठमाडौं, माघ, १९ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर चुनाव उठ्न गएकाहरूको बचाउ गरेकी छन्। प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै जेनजीको दबाबमा उनीहरूलाई मन्त्री बनाएको र राजनीति गर्न मन्त्री पदबाट बिदा गरिएको बताएकी हुन्।

अन्तरिम सरकारमा मन्त्री भएका जगदीश खरेल, महावीर पुन, बब्लु गुप्ता र कुलमान घिसिङ राजिनामा दिएर अहिले चुनावमा उम्मेदवार बनेकाे भन्दै आलोचना भइरहेकाे सन्दर्भमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै जेनजीको दबाबमा उनीहरूलाई मन्त्री बनाएको र राजनीति गर्न मन्त्री पदबाट बिदा गरिएको बताएकी हुन्।

कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ताले मन्त्रीबाट राजीनामा दिएर फागुन २१ को चुनावका लागि उम्मेदवारी दिएका छन्।

घिसिङले उज्यालो नेपाल पार्टी खोलेर सरकारबाट पन्छिए भने महावीर स्वतन्त्र उम्मेदवार छन् । जगदीश र बब्लु रास्वपा प्रवेश गरी उम्मेदवार छन्।

राष्ट्रिय सभालाई पहिलाे पटक सम्बाेधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्- महावीरले दुईचारवटा कानुन पारित गर्न खाेजेका थिए तर छाेटाे समय र सरकारकाे वाध्यताका कारण गर्न सकिएन, उनी रिसाएर गए । अरूकाे पनि भविष्य छ, केही गराैं भन्ने छ हाेला, गए ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभामा बाेल्दै आफू परिस्थितिले आएकाे बताउँदै भनिन्-

"परिस्थिति ले ल्याएको हो, रहर ले पनि आएको होइन । मैले खोजेर गएको पनि होइन। परिस्थिति ले बाध्य बनायो, म आएँ। र, अहिले यो जुन एउटा अवसर यहाँ मैले पाएँ, सायद जीवनमा फेरि म पाउन कठिन छ होला। र, मैले पाउने आशा गरेकाे पनि छैन।"

प्रधानमन्त्री कार्कीले "यसलाई जीवनमा एउटा राम्रो अनुभव, जीवनमा एउटा यस्तो मोड आएकोमा समयले साथ दिएर राष्ट्रिय सभामा आउन परेकोमा खुशी लागेको" बताइन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्