१२ असोज २०८३, सोमबार

प्रतिनिधि सभा बैठकका लागि संसद् भवन व्यवस्थापन गर्न संघीय संसद् सचिवालयको आग्रह


अ
अ+
अ-

काठमाडौं, माघ १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछिको पहिलो बैठक तत्काल सञ्चालन गर्नुपर्ने अवस्था छ तर संसद भवन छैन । पछिल्लो समय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमामा प्रतिनिधि सभाकाे बैठक बस्ने गरेकाेमा गत भदौ २३ र २४ गते भएको युवाविद्यार्थीको आन्दोलनका क्रममा क्षति पुगेको छ।

यही मेसाेमा संघीय संसद् सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनका लागि संसद् भवन प्रयोग गर्न आवश्यक व्यवस्थापन मिलाइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरेको छ।

सचिवालयले यही माघ ८ गते लेखेको पत्रमार्फत प्रतिनिधि सभा हल व्यवस्थापनसम्बन्धी विषयमा ध्यानाकर्षण गराएको हो।

पत्रअनुसार संघीय संसद्का दुवै सदन—राष्ट्रिय सभा र प्रतिनिधि सभाका बैठकहरू सञ्चालन गर्न हाल अस्थायी रूपमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा गत भदौ २३ र २४ गते भएको युवाविद्यार्थीको आन्दोलनका क्रममा क्षति पुगेको छ। आन्दोलनका क्रममा सम्मेलन केन्द्र भवन तथा त्यस आसपासका क्षेत्रमा आगजनी र तोडफोड भएपछि बैठक सञ्चालनमा समस्या देखिएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सम्मेलन केन्द्रमा भएको क्षति तथा सोसम्बन्धी मर्मत–सम्भारको काम अझै सम्पन्न भइनसकेको अवस्थामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछिको पहिलो बैठक तत्काल सञ्चालन गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा संसद् भवनमै बैठक सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको पत्रमा उल्लेख छ।

पत्रमा प्रतिनिधि सभा बैठक सञ्चालनका लागि आवश्यक सभाहल, पदाधिकारी तथा कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरू, बैठक सञ्चालनमा आवश्यक अडियो–भिडियो रेकर्डिङ, प्रत्यक्ष प्रशारण, सूचना प्रविधिसम्बन्धी उपकरण तथा अन्य भौतिक पूर्वाधारको व्यवस्थापन मिलाइदिन आग्रह गरिएको छ।

संघीय संसद् सचिवालयले मिति यही माघ ८ गतेको निर्णयअनुसार आवश्यक व्यवस्था मिलाइदिन सचिवालय (महासचिव स्तरकाे निर्णय) मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई औपचारिक अनुरोध गरेको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्