११ असोज २०८३, आइतबार

तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन सम्पन्न


अ
अ+
अ-

भक्तपुर, मंसिर २६ । चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा “तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन” १३ बुँदे घाेषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।

७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औँ राष्ट्रिय मानव अधिकार महोत्सवका अवसरमा आयोजना गरिएको सम्मेलन राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा सञ्चालन गरिएको हो।

सम्मेलनको उद्घाटन काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले गरेका थिए । महर्जनले ललितपुरले हरियाली प्रवर्धन, वातावरण संरक्षण र स्वच्छ हावाका लागि महत्त्वपूर्ण कदम चालेको स्पष्ट पार्दै नियम कार्यान्वयनमा महानगर कडाइका साथ अघि बढिरहेको कारणले पनि सफल भएकाे बताए ।

मेयर महर्जनले ललितपुर नगरपालिकामा वातावरणीय स्वच्छताका लागि सार्वजनिक, ऐलानी तथा पर्ति जग्गाहरूमा पार्क बनाउने चरणमा ललितपुर, लगनखेलकाे ४५ राेपनी जग्गामा पार्क बनाउने क्रममा ७५ प्रतिशत काम सकिएकाे जानकारी गराए ।

उद्घाटन सत्रमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले अध्यक्षता गर्दै वातावरणीय अधिकार संरक्षणमा स्थानीय तहको भूमिका अझ सुदृढ बन्दै गएको बताए ।

चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्येवायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका हाे । नगरभित्रका ईटाभट्टा घट्दै गएको, बाँकीले वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनिकरणका थुप्रै कार्यहरू प्रभावकारी रूपमा भइरहेका उमेयर खत्रीकाे भनाइ थियो।

स्वच्छ हावा सञ्जाल चाँगुनारायणका अध्यक्ष रविता कार्कीले नगरभित्र विषादी प्रयोग, ईटाभट्टा लगायतका स्रोतबाट प्रदूषण भइरहेकामा ध्यानाकर्षण गराइन् । चाँगुनारायण खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेबाट कार्यक्रम सञ्चालन भएकाेमा सम्मेलनको मूल एजेन्डाबारे नाफानका सल्लाहकार भोला भट्टाराईले विस्तृत प्रस्तुति राखेका थिए ।

विभिन्न सत्रहरूमा वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण र यसको प्रभावबारे, किरण बरामले वातावरण रक्षक तथा उनीहरूको भूमिकाबारे समूहगत प्रस्तुतिमा सहजिकरण गरेका थिए ।

।सहभागी विज्ञहरूले स्थानीय सरकार र समुदायको भूमिका, वातावरणीय अधिकार संरक्षण, वायु प्रदूषण र जलवायु संकटका चुनौतीबारे धारणा राख्नुभयो।

मानवअधिकारकर्मी चरण प्रसाईले विधि र कानुनभन्दा व्यक्तिको प्रभाव हावी हुँदा समस्या बढेको बताउनुभयो। सार्वजनिक निर्णय प्रक्रियामा पारदर्शिता अभाव र हस्तक्षेपले शासन प्रणाली कमजोर भएको उहाँको मूल्यांकन थियो।

कार्यक्रमले वातावरणीय अधिकारका सवालमा स्थानीय तहको नेतृत्वलाई अझ संगठित बनाउँदै आगामी चौथो सम्मेलन ललितपुर महानगरमा आयोजना गर्ने निर्णय गर्दै समापन गरिएको छ। सम्मेलनमा उपत्यकाका पालिकाका प्रतिनिधिहरू सहभागी थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्