१० असोज २०८३, शनिबार

दशैं अवधिभर मनसुनी गतिविधि, असोज १७ देखि वर्षा तीव्र हुने

अ
अ+
अ-

काठमाडौं, असाेज १५ । दशैंको समयमा पनि मनसुनी वायुको प्रभाव कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि नेपालका धेरै प्रदेशमा वर्षा तीव्र हुने चेतावनी दिएको छ।

हाल मनसुन वायु केही कमजोर भए पनि बंगालको खाडीमा बनेको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। यसको प्रभाव नेपालमा पर्ने भएकाले दशैंभर वर्षा हुने विभागको आकलन छ।

महाशाखाका अनुसार असोज १७ गते (एकादशी) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागमा वर्षा हुने देखिन्छ। १८ गते (द्वादशी) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा अझ व्यापक हुने र कतिपय स्थानमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने सम्भावना छ। १९ गते (त्रयोदशी) पनि यी प्रदेशहरूमा निरन्तर वर्षा हुने, साथै केही स्थानमा अति भारी वर्षा समेत हुने अनुमान गरिएको छ।

यसरी दशैंको अन्त्यतिर मनसुन अझ सक्रिय हुने भएकाले देशका विभिन्न क्षेत्रमा भू-क्षय, बाढी, पहिरोको जोखिम बढ्ने चेतावनी दिइएको छ। विभागले सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने भएकाले मौसमसम्बन्धी जानकारी नियमित लिन र सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्